सम्पर्क

अविरल बर्षाले त्रिपुरा –३ को वडा कार्यलयमा क्षेती

पृथ्वीजङ्गपाण्डे,धुस्कुन÷ केहिदिन अघि देखि परिरहेको लगातारको बर्षाले त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर ३धुस्कुन स्थित वडा कार्यलय भवनमा क्षेती पुगेको छ।कान्छाराम कन्ट्रक्सन ले बाह्र्बिसे ,धुस्कुन पिस्करको १५ किलोमिटर मोटर बाटोको पिच गर्न टेन्डरको काम गर्दा बाटो भत्काउने काम मात्र गरेको र भिरालो सडकमा पानी र भल तर्काउने कुनै काम नगरेकोले सडकको भल,ढुङ्गा र माटो वडा कार्यलय परिसरमा थुप्रो लाग्दा क्षति भएको हो। सडक पिच गर्ने भन्दै पिस्कर सम्म भएको सडकको आकार फराकिलो पार्ने भनेर भत्काइ त्यतिकै छोड्नाले स्थानीय बस्ती देखि सडकमा भल मात्रै हिड्नाले सास्ती भएको हो।कन्ट्रक्सन कै कारण नसडकमा गाडि गुडछ न स्थानीयले पहिरोको डरले शान्ति पाएका छन।अहिले वडा कार्यलय परिसरमा बगर जस्तै भएकोले वडा कार्यलय बाट सेवा दिन असहज भएको छ।वडा कार्यलय परिसर तथा कार्यालय भित्र समेत लेदो पसेर हानि पुर्याएको हो। लगातारको बर्षा ले बार्हबिसे बाट धुस्कुन ,पिस्कर तथा चोकटी जाने सडक बाटो पनि बाढि र पहिरो सहितको लेदो थुप्रो हुदा अवरुद्ध भएको छ।धुस्कुनमा थरीप्रसाद तिमिल्सिनाको घरमा बस्नै नमिल्ने गरी क्षति पुगेको छ भने फापरचौरमा रुपा थामीको घरमा पहिरोले जोखिम बनाएको छ।बार्हबिसे बाट आज दिउँसो माथि बाट पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।यसैबीच अविरल बर्षा ले सडक ,वडा कार्यलय तथा स्थानीय को घरमा समेत पहिरो ले क्षति गर्न थाले पछि त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले प्राबिधिक र बाटो खुलाउन जेसिबि सहितको टोलि परिचालन गरी काम सुरु गरिएको जानकारी दिनु भयो ।