सम्पर्क

अविरल बर्षाको कारण सडक अबरुद्ध बस्नेतद्धार सहयोग

सिन्धुपाल्चोक जिल्लाको बाह्र्बिसे नगरपालिकामा अविरल बर्षाको कारण बिचल्लिमा परेको सुत्केरि बच्चाको उपचारका लागी नगर प्रमुख द्धारा ठुलो सहयोग भएको छ ।गए राति भयको बर्षादको कारण बन्द भएको अरनिको राजमार्गको साँधिखोल्सामा सडक सञ्जाल टुटेपछि (करिव एक महिने जन्डिसबाट पिडित बालक) बिरामि लिएर आएका एम्बुलेन्स अड्किएको थियो । उक्त सुत्केरि बालक त्यसरि अलपत्र परेको समाचार पायपछि बाह्र्बििसे नगर पालिकाका प्रमुख बालकृष््ण बस्नेतले आफुले प्रयोग गरिरहेको गाडि समेत, बिरामिलाई दिई अस्पताल पठाउनु भयको छ। ।बाढिले गर्दा बन्द भएको सडक खुलाउँन पुग्नु भयका नगर प्रमुख बस्नेतले आपतकालीन अवस्थामा सहयोग गर्नु नै मानिसको मुख्य धरम भयको बतापउँनुभयो । उँहाले नगरपालिकाले प्रयोग गरेको षाडि सबैको हो आपतको बेला प्रयोगमा नआउँने साधनको कुनै पनि महत्व नहुने बताउनु भयो ।गए रातिको अविरल बर्षाको कारण बन्द भएको अरनिको राजमार्गको साँधिखोल्सामा सडक सञ्जाल टुटेपछि (करिव एक महिने जन्डिसबाट पिडित बालक) बिरामि लिएर आएका एम्बुलेन्स अड्किएपछि डोजरको बकेटका बिरामी राखेर खोला तारि आफुले प्रयोग गरिरहेको नगरको गाडिमा बिरामिलाइ धुलिखेल अस्पताल पठाउनुभएको हो ।उँहाले आफू नगर प्रमुख नहुँदा पनि कोभिडको बेला आफ्नै साधनबाट रमहत दियको बताउँदेै नागिरक सुरक्षित रहे मात्र आफू सुरक्षितरहने भएकाले आफु नागरिक सुरक्षाका लागी हरेक समय लागी पर्ने बताउँनु भयो ।अबिरल बर्षालेसडक भाँसिएपछि यातायात ठप्प भएको थियो । अरनिको राजमार्गको महभीर खण्ड, भाँसिएर सवारीसाधान आउजाउमा समस्या आएको छ ।बाह्रबिसे–कोदारी लोकमार्गको डाक्लाङ खण्ड, दशकिलो खण्ड, शिरिशे, जम्बु, कोदारी खण्ड, घट्टेखोला, झिर्पु लगायत खण्ड एक मिटर भन्दा बढी भाँसिएको छ । बाह्रबिसेको साँधीखोल्चाको भीषण बाढीले बाह्रबिसे बजारमा माटोलेदो, ढुंगा थुप्रिएको छ । बाह्रबिसे नगरपालिका–९ राम्चेस्थित टाडँबिसौनाको घ्याम्पाडाँडामा सडक पहिरो जाँदा आउजाउ पूर्णरुपमा बन्द भएकोे छ । बाह्रबिसे नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले क्षतिग्रस्त सडक सूचारु गर्न नगरपालिका लागिरहेको जानकारी दिनुभयो । उँहाले यो अबस्था भनेको नागरिकको जिउ धनको सुरक्षा गर्ने समय भएकाले नगरका सबै सयन्त्र यस तर्फ लागीरहेको बताउँनु भयो ।