सम्पर्क

ब्रेकिङ न्युज २

बागमती प्रदेस प्रहरी कार्यलयले अर्धबार्षीक कार्य सार्वजनीक

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
आर्थिक वर्ष २०७९–०८० को श्रावणदेखि पौषसम्मको अवधीमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले प्रहरीको सेवा प्रवाहमा योजनाबद्ध प्रणालीको विकास गर्नुका साथै प्रशासनिक एवं कर्मचारीको आचरण व्यवहार सुधार, अपराथ रोकथाम नियन्त्रण तथा फरार प्रतिवादी पक्राउ र प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ सुरक्षाका क्षेत्रमा महत्वपूर्ण कार्य सम्पादन गरेको छ । बागमती प्रहरी कार्यलयले आफु मातहत १४ वटा कार्यालयसंग आर्थिक वर्ष २०७९।०८० को वार्षिक कार्यसम्पादन सम्झौता गरिएको गर्नुका साथै १२ लक्ष्य र १०० क्रियाकलापसहित बागमती प्रदेश प्रहरीको वार्षिक कार्ययोजना २०७९ तयार गरी कार्यान्वयनको चरणमा रहेको छ । अनुगमन प्रणालीको विकास गरी प्रदेशबाट १७० र मातहतबाट ५३४ पटक अनुगमन भएको गरिएको छ । प्रहरी कर्मचारीको मनोवल अभिबृद्दीका लागि प्रत्येक महिना १५ जना प्रहरी कर्मचारीहरु पुरस्कृत हुने गरी उत्कृष्ट प्रहरी छनौट कार्यबिधि...

लघुबित्त बित्तीय संस्थाकोे बित्तीय साक्षरता कार्यक्रम भक्तपुरको ताथलीमा

जिबनशैली, बिजनेस, ब्रेकिङ न्युज २, समाचार
  ग्लोबल आई.एम.ई लघुबित्त बित्तीय संस्था लि शाखा कार्यालय ताथलीले भक्तपुर चोर्चा ७ मा अबस्थित सिद्धिगणेश बचत तथा ऋण सहकारीको सभाहलमा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। ग्लोबल आई.एम.ई लघुबित्त बित्तीय संस्था लि ताथलि शाखा द्वारा बित्तिय साक्षरता कार्यक्रम सप्पन्न गरेको ताथली शाखाका शाखा प्रबन्धक प्रदिप लामिछानेले जानकारी दिनु भयो । उँहाका अनुसार मङ्गलबार चागुनारायण न.पा . ९ स्थित उक्त लघुबित्तले सिपाडोल,दुवाकोट,चागुनारायण,टुकुचा , नाला देखि नगरकोट सम्मका ४७ वटा केन्द्र अन्तर्गतका ७० जना आफ्नो कारोवारमा आवद्ध सदस्य तथा सदस्यहरुको परिवारलाई बित्तीय साक्षरता दिइएको बताउनुभयो । बित्तिय साक्षरता के हो, यसको आवस्यकता किन छ,बचत कसरी गर्ने , पारिवारिक बजेट भनेको के हो,कसरी पारिवारिक बजेट बनाउने , कर्जा,बिमा,तथा अहिलेको डिजिटल प्राविधिको बारेमा आवश्यक ज्ञानको लागि प्रशिक्षक संस्थाक...

नेबिसङ्घ ल क्याम्पस इकाइले गर्यो दिप प्रज्वलन

ब्रेकिङ न्युज २, समाचार
पोखरामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा नेबिसङ्घ ल क्याम्पस इकाई समितिले दिप प्रज्वलन गरेको छ । सोमबार काठमाडौंको ल क्याम्पसमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली तथा शोकसभा गरेका हुन् । शोकसभामा इकाईका सभापति मुकेश सेन्चुरिले नेपालमा जहाज दुर्घटना नौलो नभयकाले यसमा सरकार गम्भिर हुनुपर्ने बताउनु भयो । सरकारले बिमान दुर्घटनामा कुनै चासो नदेखाएको समेत बताउनु भयो । दुर्घटनाका सम्बन्धमा र आगामि समयमा नेपालमा जहाज दुर्घटना न्यूनीकरणका लागि नेबिसङ्घ ल क्याम्पस इकाइले उक्त दिप प्रज्जवलन तथा शोकसभामा सरकार समक्ष आधा दर्जन मागहरु समेत राखेको छ । जसमा घटनाको उचित छानबिन गरि दोषीहरुलाई अधिकतम सजाय गरियोस् । नेपालका सबै विमानहरुको नियमित प्राबिधिक परिक्षण गरियोस् । नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक यथाशिघ्र पारित गरियोस् । .हवाई सुरक्षाकालागि अन्तरास्ट्रिय नागरिक उड्डयन प्राधिकरण(IC...

पत्रकार महासंघ बागमतीको साधरण सभा स्थगित

ब्रेकिङ न्युज २, समाचार
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको मिति २०७९ माघ ६ र ७ गतेको लागि दोलखाको जिरीमा तय भएको तेस्रो साधारणसभा अर्को निर्णय नभएसम्मको लागि स्थगित भएको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिकामहासचिब कृष्ण सारुमगरले बिज्ञेप्ती प्रकाशन गरी यस्तो जानकारी दिनु भएको हो ।जारी प्रेस विज्ञप्तीमानेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको ३७ वर्षको अल्पायुमै विमान दुर्घटनामा निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति स्तब्ध र मर्माहत भएको छ । मिति २०७९÷१०÷०१ गते बिहान काठमाडौंबाट पोखराको लागि उडेको नाइनएन एएनसी एटिआर–७२ जहाज अवतरण गर्ने क्रममा पोखराको पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा दुर्घटनाग्रस्त हुँदा केन्द्रीय सदस्य पौडेलको निधन भएको हो । पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, जुझारु र उर्जाशील युवा पत्रकार गुमाएको छ भने महासंघले उ...

भोटेकोशी गाँउपालिकामा निशुल्क शिबीर

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिकाकाले आफ्ना नागरिकका लागी निशुल्क स्वास्थ्य सेवा दिने भएको छ । पलिकाले माघ ३ र ४गते मार्मीगं स्वास्थ्य कार्यलय मार्फत निशुल्क स्वास्थ्य परिक्षण गर्न लागेको भक्त लामाले जानकारी दिनुभयो ।

सिन्धु प्रअ समाजमा यादव

ब्रेकिङ न्युज २, समाचार
सिन्धु पाल्चोक जिल्ला सामुदायक बिद्यालयको प्रधानध्यपक हरुको भेलाले सिद्धीगणेश माध्यमिक बिद्यालयका प्रधानध्यापक राज कुमार यादवलाइ अध्यक्षमा निर्वाचित गर्दै आफ्नो सातौ अधिबेशन सम्पन्न गरेको छ । प्रअ समाजको सातौं जिल्ला अधिवेशनबाट उपाध्यक्ष मा कुन्जरमणि भट्टराई ,सचिवमा बासु जि सि,सह–सचिव मा टंक पन्त ,कोषाध्यक्ष मा यम बहादुर ज्योती सदस्यहरुमा कृष्णप्रसाद घिमिरे , पूण्यप्रसाद गजुरेल कृष्ण खनाल राधे बन्जारा घनश्याम पौडेल देवी श्रेष्ठ बजिर सिंह भण्डारी कृष्णप्रसाद दंगाल धर्मदत्त सापकोटा चेतनाथ पराजुली मानबहादुर कार्की तिलक खत्री निर्वाचित हुनु भएको छ । शुक्रबार र शनीबार चौतारा बहुमुखी क्याम्पसमा भएको भेलाले काइृ समितीको निर्वाचन सम्पन्न गरेको हो । निर्वाचित भए पछी अध्यक्ष यादवले खाश गरी सामुदायक बिद्यालयहरुमा शिक्षा सिकाइका बारेमा प्रधानध्यापकहरुलाइ परेका समस्याका बारेमा समेत समाजले सहजीकरण गर्दै...

गोरु जुधाइ मेलाका रूपमा पनि चिनिँदै माघे सङ्क्रान्ति

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
मलेखु, १ माघ (रासस) : माघे सङ्क्रान्ति भन्ने वित्तिकै नेपालमा गोरु जुधाउने दिन भनेर चिनिन थालेको छ । नुवाकोटको तारुकामा राजा जयपृथ्वीबहादुर सिंहको पालादेखि चलिआएको गोरु जुधाइ अहिले नुवाकोट, रसुवा धादिङ र गोरखामा हुँदै आएको छ । त्यसमा किसानले आफ्नो गोठमा पालिएका बहर गोरु जुधाएर मनोरञ्जन प्रदान गर्दै आएका छन् । विगतका वर्षहरू झैँ यो वर्ष पनि माघ १ गते धादिङ, नुवाकोट र रसुवाको ठाउँठाउँमा गोरु जुधाइ मेला मनाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढाउने उद्देश्यले धादिङ जिल्लाका मैदीकोट, धुवाकोट, सल्यानटार, खाल्टेलगायत ऐतिहासिकस्थलमा गोरु जुधाइएको छ । सुरुका वर्षमा नेपाल पर्यटन बोर्डले चासोका साथ प्रचार थालेको गोरु जुधाइ मेलालाई अहिले स्थानीय सरकारले पनि पर्यटन प्रवद्र्धनको एउटा पाटोको रूपमा लिएको छ । धादिङ ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष धर्मबहादुर अर्याल भन्नुहुन्छ, “पर्यटन प्रवद्र्धनसँ...

बाह्रबिसे नगरपालिकाको १२ औ नगरसभा सम्पन्न

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिकाले आफ्नो १२ औ नगरसभा सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न १२ औं नगरसभाले नगर बिकासका लागी बिभिन्न निर्णय हरु गरेको छ । नगर सभामा उपप्रमुख मन्जु तामाङले आर्थिक बर्ष २०७९।०८० को श्रावण देखि पौष २८ गतेसम्मको अर्धबार्षीक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । नगर सभालाई सम्बोधन गर्दै नगरप्रमुख बालकृष्ण बस्नेतले नगर भरीका समुदायको स्थिति पहिचान गर्ने कार्य सुरु गरेको बताउनुभयो । विशेषगरी कृषि स्वास्थ्य, र शिक्षालाइ पहिलो प्राथमिकतामा राखेर कार्यक्रम सुरु गरिरहेको समेत बताउनुभयो । नगरपालिकाको प्रमुख बालकृष्ण बस्नेतको अध्यक्षतामा सम्पन्न नगरसभामा नगरपालिका उपप्रमुख मन्जु तामाङ प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी , ९ वटै वडाका अध्यक्ष, कार्यपालिका सदस्यहरु तथा वडा सदस्यहरु, नगरपालिकाका कर्मचारीहरु, लगायतको सहभागीतामा रहेको थियो । कार्यक्रमको लोकप्रिय नेत्रज...

चौतारा साँगाचोकगढी नगरपालिकाको १३ औं नगरसभा सम्पन्न

ब्रेकिङ न्युज २, राजनिती, समाचार
चौतारा साँगाचोकगढी नगरपालिकाको १३ औ नगरसभा बिहिबार सम्पन्न भएको छ । बिहिबार सम्पन्न १३ औं नगरसभामा उपप्रमुख सिता थापाले आ.व २०७९।०८० को श्रावण देखि पौष २७ गतेसम्मको अर्धबार्षीक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । नगर सभालाई सम्बोधन गर्दै नगरप्रमुख कृष्ण प्रसाद सापकोटाले नगर भरीका समुदायको स्थिति पहिचान गर्ने कार्य सुरु गरेको बताउनुभयो । उहाँले आगामी वर्षदेखि बैज्ञानिक र बस्तुवादि योजना निमार्ण गरी कार्यान्वयन गर्नुका साथै तल्लो तहमा रहेका वर्गलाई समेट्ने गरी स्वास्थ्यको क्षेत्रमा कार्यक्रम सुरु गरेको बताउनुभयो । विशेषगरी शिक्षाको क्षेत्रमा सुधारको अभियान थालनी गरेको तर निर्णय गरेर कार्यान्वय गर्न बाँकि रहेको समेत उल्लेख गर्नुभयो । नगरपालिकाको प्रमुख कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न नगरसभामा नगरपालिका उपप्रमुख सीता थापा प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसी १४ वटै वडाका अध्...

चोरी मुद्दाका फरार एक प्रतिवादी पक्राउ

ब्रेकिङ न्युज २, समाचार
चोरी मुद्दाका फरार एक प्रतिवादी १४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक सिन्धुपाल्चोक मेलम्ची न.पा.१० बस्ने वर्ष ५६ को रामजी बहादुर अधिकारी रहेका छन् । सिन्धुपाल्चोक जिल्ला अदालतको मिति २०६५ भदौ ११ गतेको फैसलाले चोरी मुद्दामा कैद १ महिना १५ दिन सजाय भई फरार रहेको उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरी टेलिले काठमाण्डौ पुरानो बसपार्कबाट पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव कुमार बुढाथोकीले जानकारी दिनुभयो । उनलाई बिहिबार जिल्ला अदालत चौतारामा दाखिला गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चौतारामा चलान गरेको छ ।...