सिन्धु पाल्चोक जिल्ला सामुदायक बिद्यालयको प्रधानध्यपक हरुको भेलाले सिद्धीगणेश माध्यमिक बिद्यालयका प्रधानध्यापक राज कुमार यादवलाइ अध्यक्षमा निर्वाचित गर्दै आफ्नो सातौ अधिबेशन सम्पन्न गरेको छ ।
प्रअ समाजको सातौं जिल्ला अधिवेशनबाट उपाध्यक्ष मा कुन्जरमणि भट्टराई ,सचिवमा बासु जि सि,सह–सचिव मा टंक पन्त ,कोषाध्यक्ष मा यम बहादुर ज्योती सदस्यहरुमा कृष्णप्रसाद घिमिरे , पूण्यप्रसाद गजुरेल कृष्ण खनाल राधे बन्जारा घनश्याम पौडेल देवी श्रेष्ठ बजिर सिंह भण्डारी कृष्णप्रसाद दंगाल धर्मदत्त सापकोटा चेतनाथ पराजुली मानबहादुर कार्की तिलक खत्री निर्वाचित हुनु भएको छ । शुक्रबार र शनीबार चौतारा बहुमुखी क्याम्पसमा भएको भेलाले काइृ समितीको निर्वाचन सम्पन्न गरेको हो । निर्वाचित भए पछी अध्यक्ष यादवले खाश गरी सामुदायक बिद्यालयहरुमा शिक्षा सिकाइका बारेमा प्रधानध्यापकहरुलाइ परेका समस्याका बारेमा समेत समाजले सहजीकरण गर्दै प्रधानध्यापकहरुको हकहित र संरक्षणका लागी काम गरिरहने बताउँनु भयो ।
