सम्पर्क

ब्रेकिङ न्युज २

पर्यटकको रोजाइमा भैरवकुण्ड

ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
यहाँको प्रख्यात धार्मिक तथा पर्यटकीयस्थल भैरवकुण्ड अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । समुन्द्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको भैरवकुण्डमा जनैपूर्णिमाका दिन मेला लाग्ने भए पनि अहिले बाह्रै महिना पर्यटक पुग्ने गरेका छन् । त्यसले गर्दा यहाँको चहलपहल बढेको छ । भोटेकोसी गाउँपालिका–३ मा अवस्थित भैरवकुण्डको दर्शन गरेका मनले चिताएका कुरा पूरा हुने जनविश्वास रहेको छ । भैरवकुण्ड पर्यटक पदमार्गका लागि निकै आकर्षक ठाँउ हो । कुण्डबाट देखिने हिमशृङ्खलाको मनमोहक दृश्यले जो कोहीलाई रोमाञ्चित बनाउँछ । अहिले स्वदेशी तथा विदेशी पर्यटक भैरवकुण्ड पुग्ने गरेका स्थानीय देवबहादुर खड्काले बताउनुभयो । सातामा सयौँको सङ्ख्यामा पर्यटक पुग्ने गरेको उहाँले बताउनुभयो । बिदाको समयमा हिँउ खेल्नलगायत मनोरञ्जनका लागि यहाँ अहिले पर्यटक पुग्ने गरेका छन् । ‘आइस’ बनेको ताल, त्यहाँबाट देखिने...

तेक्वान्दो प्रतियोगितामा समृद्धि र सचिन उत्कृष्ट

खेलकुद, ब्रेकिङ न्युज २, समाचार
चौतारा साँगाचोकगढी नगरपालिका ५ छाप कभर्डहलमा दोस्रो हिराहरि तेक्वान्दो अन्तर क्योरुगी तथा पुम्से तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता महिलातर्फ समृद्धि खड्का र पुरुषमा सचिन तामाङ उत्कृष्ट खेलाडी भएको छ । उत्कृष्ट भएसङै जनही एक हजार रुपैयाँ नगद , ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । एक दिने तेक्वान्दो प्रतियोगिताको उद्घाटन समारोहमा सभाध्यक्ष डोजाङका सदस्य रमेश श्रेष्ठ, प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा , विशेष अतिथी, सिन्धुपाल्चोक जिल्ला खेलकुद विकास समिति अध्यक्ष सुरेश राना मगर, अतिथिहरुमा ५ न.ं चौतारा साँगाचोकगढीका वडा सदस्य रामबहादुर घले नगर खेलकुद विकास समितिका अध्यक्ष गणेश श्रेष्ठ, वरिष्ठ तेक्वान्दो प्रशिक्षक राजकुमार लामा तथा अभिभावकहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । प्रतियोयोगिताको क्योरुगि विधातर्फ पुरुष २४ देखि २८ के...

सिता हाईड्रोपावरसँग घाइतेको उपचार तथा उचित क्षतीपुर्ती माग

#, ब्रेकिङ न्युज २, समाचार
आफ्नै बारीमा आलु रोपिरहेका सिन्धुपाल्चोकको जुगल गाउँपालिका –३ गुम्बा गाउँका १४ वर्षिया नोर्जीवाङमु लामाको यही फागुन १५ मा निधन भएभछी स्थानियले मृतक तथा घाईतेका परिवारले घटनामा घाइतेको उपचार तथा उचित क्षतीपुर्ती तथा गल्ति गर्ने प्रति कानुन बमोजिम कारवाहीका लागी माग गरेका छन् । करेन्ट लागी दुईजना भने गम्भिर घाईते भएका थिए । विहिवार सदरमुकाम चौतारामा पत्रकार सम्मेलन गर्दै स्थानियले सिता हाईड्रोपावरका विद्युत पोलहरुमा क्रसर लगायतका हेवी इक्वीपमेन्ट चलेको बखतमा नाँगा तारहरुमा डरलाग्दो गरी धुवाँ तथा आवाज निस्कने गरेको गुनासो गरेका छन् । हाईड्रोपावरलाई स्थानियले पटक–पटक गुनासो गरेपनी यसको कतैवाट सुनुवाई नभएको उनिहरु बताउँछन् । घटनापछि सिता हाइड्रोपावर कम्पनी प्रा. ली. का अध्यक्ष सिताराम तिमल्सीना र नेपाल विद्युत– प्राधिकरण लामोसाघुका कार्यालय प्रमुख डिपिन ढकाललाई प्रमुख जिल्ला अधिकारी रमेश न्यौप...

उपचार प्रभावकारी भएपनि प्रयोगविहिन बन्दै आयुवेर्दीक औषधालयहरु

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
उपचार प्रभावकारी हुने भएपनि सिन्धुपाल्चोकमा रहेका आयुर्वेर्दीक औषधालयमा सेवाग्राहीको खासै ध्यान जान नसकेको सरोकारवालाहरुले बताएका छन । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चौताराले मंगलबार आयोजना गरेको स्थानिय स्तरका पत्रकारहरुसँग आयुर्वेद सेवाको प्रर्वधन सम्बन्धी अन्तक्रिया कार्यक्रममा एलोपेथिक औषधीले मात्रै रोग निको हुने भन्दै आयुर्वेद चासोमा नपरेको हो । तर आयुर्वेद उपचार मार्फत् पनि रोग निको हुने भएकाले यसको प्रचार–प्रसार गर्नुपर्ने सरोकारवालाहरुले जोड दिएका हुन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चौताराले मंगलबार आयोजना गरेको स्थानिय स्तरका पत्रकारहरुसँग आयुर्वेद सेवाको प्रर्वधन सम्बन्धी अन्तक्रिया कार्यक्रमको उद्धघाटन गर्दैे प्रमुख अतिथीको आशनबाट बोल्दै नेपाल पत्रकार महासँघका अध्यक्ष जिवन श्रेष्ठले आर्यूवेद उपचारमा चेतना विस्तार आवश्यक रहेको वताउनुभयो । आयुर्वेदिक औषधीको प्रयोगमा सञ्चार...

वन डढेलो व्यवस्थापनका लागि सिन्धुपाल्चोकमा अग्रिम तयारी

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
डिभिजन वन कार्यालय सिन्धुपाल्चोकले वन डडेलो लाग्नबाट बचाउनका लागी दस्ता सहित तालिम सञ्चालन गरेको छ । गतबर्षहरुमा पनी यसरी तालीम सञ्चालन गरेर काम गरीरहेको कार्यक्रम यस बर्ष पनी निरन्तर भएको छ । यस बर्ष सडक किनारामा बढी केन्द्रित रहेर तालिम दिइएको छ । प्रयोगात्मक तालिममा जिल्ला वन साहयक अधिकृत कृष्ण बहादुर थापाले गत बर्ष भन्दा यस बर्ष बढी आगलागी भएको स्वीकार गर्दै आगलागी भएकोमा छानबिन भइ रहेको बताउनुभयो । वन डडेलो लगाउने दोषी पत्ता लागेपछी तिन बर्ष सम्म कैद र ६० हजार जरिवानाका साथै आगलागीबाट भएको क्षती बिबरण दोषीबाट सोधभर्ना गरइने कानुन भएकाले सोही अनुसार हुने बताउँनुभयो । उहाँले डिभिजन वन कार्यालय चौतारा सिन्धुपाल्चोकले स्वीकृत बार्षिक २०७९÷८० अन्तर्गत यो बार्षिक कार्यक्रम हो यो यो कस्तो कार्यक्रम हो भने नि हरेक स्वयंसेवक परिचालन गर्ने कार्यक्रम हो । उक्त कार्यक्रम १० जना युवाहरू भर्ना गरेर...

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा मेलम्ची नगरपालिका पहिलो

ब्रेकिङ न्युज २, समाचार
देवराज सुवेदी स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका प्रथम भएको छ । मेलम्ची नगरपालिकाले आर्थिक बर्ष ७८÷७९को प्रारम्भीक नतिजा तयार गरि जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा पठाएकोमा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले गरेको मुल्याङ्क अनुसार मेलम्ची नगरपालिकाले ८९.५ प्रतिशत अंक प्राप्त गर्दै जिल्लामा प्रथम भएको हो । जसमा नगरपालिकाले योजना बजेट तथा कार्यक्रम ब्यबस्थापनमा ९२.८६, कार्यान्वय क्षमता तथा ब्यबस्थापन ९७.९३, लेखाङ्कन तथा प्रतिवेदनमा १०० प्रतिशत ,अनुगमन मुल्याङ्कन तथा लेखा परिक्षणमा ८१.२५ र राजस्व ब्यबस्थापनमा ८५.२९ गरि ५ विषयक्षेत्रहरु गरि ९२.५ अंक दावि गरेकोमा जिल्ला समन्वय समितिले मुल्याङ्कन गरि अन्तिम नतिजामा नगरपालिकाले ८९.५ प्रतिशत प्राप्त गर्दै प्रथम भएको हो । जिल्ला समन्वय समितिको मुल्याङ्कन अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले ६...

विनोद नेपाल स्मृति फाउण्डेशनद्वारा बृद्वबृद्वालाई फलफुल बितरण

ब्रेकिङ न्युज २, समाचार
विनोद नेपाल स्मृति फाउण्डेशनले पशुपतीको समाज कल्याण केन्द्र बृद्वाश्रममा रहेका करिव १०० जना बृद्वबृद्वाहरूलाई फलफुल बितरण गरेको छ । विनोद नेपालको जन्मदिनको अवसर पारेर आईतबार एक कार्यक्रमका बिच उनको सम्झनामा स्थापित फाउण्डेशनले फलफुल वितरण गर्नुका साथै बृद्वबृद्वाहरूलाई खाना खुवाउनको लागी बृद्वाश्रम लाई दान स्वरूप २५ हजार समेत प्रदान गरेको फाउण्डेशनका अध्यक्ष डा. गंगादत्त नेपालले जानकारी दिनुभयो । छोरा विनोदको जन्मदिनमा बर्सेनि यस्ता कार्यक्रम गर्दै आएको विनोदका वुवा तथा फाउण्डेशनका अध्यक्ष नेपालले जानकारी दिए । “आत्मा सन्तुष्टि होस भनेर यो कार्यक्रम गरिएको हो“, नेपालले भन्नुभयो “ पोहोर साल सांसद गगन कमार थापाले उद्घाटन गरेर सुरू भएको कार्यक्रम यो बर्षपनि निरन्तर गरिएको हो“ । फलफुल पाएपछि बृद्वाश्रमका बृद्वबृद्वाहरू खुसी भएका छन । आफन्तहरू समेत भेट्न नआउने गरेको दुखेको पोख्दै एक बृद्वा भगवत...

पर्यटकको आकर्षक गन्तब्य बन्दै ओखरेनी

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका लाँगर्चेमा पर्ने ओखरेनी डाँडा पछिल्लो समय पर्यटकको आकर्षक गन्तब्य बन्दै गएको छ । समुद्री सतहबाट २२५० मिटरको उचाइमा रहेको अद्भूत सौन्दर्य स्थल ओखरेनीलाई भूकम्पपछिको पुनर्निर्माणले बनेको बस्तीले थप सुन्दर तुल्याएपछी आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्न थालेको छ । बौद्धमार्गीहरुको बसोबास रहेको ओखरेनीका विभिन्न स्थानमा रहेका सेता आकर्षक गुम्बा, स्तूपाले यहाँको सुन्दरतालाई थप अब्बल बनाएको छ । बाटैभरी र टोलभरि टाँगिएका ध्वजापताका, वरिपरी राता जस्ताका एकैनास घरहरु अनि बस्तीको बीचमा रहेको ३५ फिट अग्लो सुन्दर बुद्धमूर्तिका साथै हरेक बिहान उठ्ने बित्तिकै हेर्न पाइने लाङटाङ हिमालले यो गाउँ कुनै कविले कल्पना गरेर लेखेको स्वर्गभन्दा कुनै कमी छैन । अझै, अहिले रातो बस्तीमा झनै रातो गुराँस फुलेर गाउँ रंगिएको छ । पुस, माघमा यहाँ बाक्लो हिउँ पर्ने भएकाले झन् य...

दुई फरार अपराधी पक्राउ

ब्रेकिङ न्युज २, समाचार
विभिन्न अपराधमा अदालतबाट कैद सजाय पाएर फरार भएका दुई अपराधी पक्राउ परेका छन् । सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर गाउँपालिका – १ बस्ने ४३ वर्षिय निमा लामालाई ललितपुर महालक्ष्मी नगरपालिका–४ इमाडोल स्थितबाट पक्राउ गरेको सूचना अधिकारी जिल्ला प्रहरी नायव उपरिक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार लामालाई काठमाडांै अदालतको २०७६ कार्तिक ६ गतेको फैसलाले भ्रष्टाचार तथा अन्य मुद्दामा कैद १३ दिन सजाँय सुनाएको थियो । उनलाई सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरिएकोमा सम्मानित अदालतले निजलाई लागेको कैद सजाय असुलका लागि बुधबार जिल्ला कारागार चौतारा चलान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी बाह्रविसे नगरपालिका – ६ बस्ने ४५ वर्षिय बम बहादुर पाख्रीनलाई ईलाका प्रहरी कार्यलय वाह्रविसेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पाख्रीन वैदेशिक रोजगार ठगि मुद्धामा ...

कालीदेवी माविले मनायो ६० औं वार्षिकोत्सव

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको जुगल गाउँपालिका –४ स्थित पाङ्ताङमा रहेको कालीदेवी माध्यमिक विद्यालयको ६० औं वार्षिकोत्सव, अभिभावक भेला तथा भुपु बिद्यार्थी पुनर्मिलन समारोह भव्यताका साथ  मनाएको छ । विद्यालयको प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रममा जुगल गाउँपालिकाको अध्यक्ष रेशम स्याङ्बोले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष स्याङ्बोले सामुदायिक विद्यालयहरुले पछिल्लो समय गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउँदै विद्यालयहरुले विद्यार्थीको संख्यात्मकभन्दा गुणस्तरीय र व्यावहारिक शिक्षामा ध्यान दिनुपर्ने बताउनुभयोे । बालबालिकालाई गुणस्तरीय शिक्षासँगै व्यावहारिक ज्ञान समेत दिन उत्तिकै आवश्यक रहेको बताउँदै उहाँले शिक्षक, अभिभावक र विद्यार्थी तीनै पक्ष मिलेर मात्रै विद्यालयको शिक्षामा गुणस्तर वृद्धि गर्न सकिनेमा जोड दिनुभयो । वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा उत्कृष्ट शि...