सम्पर्क

वन डढेलो व्यवस्थापनका लागि सिन्धुपाल्चोकमा अग्रिम तयारी

डिभिजन वन कार्यालय सिन्धुपाल्चोकले वन डडेलो लाग्नबाट बचाउनका लागी दस्ता सहित तालिम सञ्चालन गरेको छ । गतबर्षहरुमा पनी यसरी तालीम सञ्चालन गरेर काम गरीरहेको कार्यक्रम यस बर्ष पनी निरन्तर भएको छ । यस बर्ष सडक किनारामा बढी केन्द्रित रहेर तालिम दिइएको छ । प्रयोगात्मक तालिममा जिल्ला वन साहयक अधिकृत कृष्ण बहादुर थापाले गत बर्ष भन्दा यस बर्ष बढी आगलागी भएको स्वीकार गर्दै आगलागी भएकोमा छानबिन भइ रहेको बताउनुभयो । वन डडेलो लगाउने दोषी पत्ता लागेपछी तिन बर्ष सम्म कैद र ६० हजार जरिवानाका साथै आगलागीबाट भएको क्षती बिबरण दोषीबाट सोधभर्ना गरइने कानुन भएकाले सोही अनुसार हुने बताउँनुभयो । उहाँले डिभिजन वन कार्यालय चौतारा सिन्धुपाल्चोकले स्वीकृत बार्षिक २०७९÷८० अन्तर्गत यो बार्षिक कार्यक्रम हो यो यो कस्तो कार्यक्रम हो भने नि हरेक स्वयंसेवक परिचालन गर्ने कार्यक्रम हो । उक्त कार्यक्रम १० जना युवाहरू भर्ना गरेर वन बिकास तथा वन डडेलो नियन्त्रण गर्ने लगायत कामहरू लगाएइको बताउँदै दस्तालाई वन डडेलो निभाउने मात्र नभई वन व्यवस्थापन गर्न समेत परिचालन गरिएको बताउँनुभयो । सिन्धुपाल्चोक जिल्लाको इर्ख‘ु बाँझबिसौना,गोठपानी आसपासको सडकहरुमा गरिएको यो प्रयोग्तामक तालीममा सहायक वन अधिकृत स्रद्धा सिग्देलले बागमती प्रदेशमा पर्ने १५ जिल्ला भरि नै यो कार्यक्रम लागु गरिएको बताउँदै हरियो वन नेपालको धन हाम्रो मुख्य नारा भएकोले हामि सबै मिलेर हातो मालो गर्दै अगि बढ्नुपर्ने बताउनुभयो । आफ्नो क्षेत्रको बन डढेलोबाट जोगाएर बन पैदावार, बनस्पति र जनधनको क्षति कम गर्न स्थानीयलाई सजक बनाउन कार्यक्रम राखिएको समेत बताउनुभयो । वन अभियान्ता शारदा प्रसाद चालीसेले वन कार्यालय सिन्धुपाल्चोकले शुरु गरेको यो अभियानका कारण वन क्षती हुनबाट बचेको गत बर्षको अभियानमा वन नास गर्नेलाई कानुन बमोजिम कारवाही गरिएको बताउँनुभयो ।