गुम्बामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ गुम्बाको १४ वर्षीया नुर्जी वाङमु तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चौताराले जानकारी दिएको छ । प्रहरीको अनुसार तामाङ घरदेखी अनुमानित ४० मिटर दक्षिणमा रहेको आफ्नै बारीमा आलु रोप्ने क्रममा ११००० भोल्टेजको प्रशारण लाईनको बिजुलीको पोलमा छुन जाँदा एक्काशी करेन्ट लागि मृत्यु भएको हो । उहाँको दाहिने घुडाको भाग जली पोलसँगै घोप्टो अबस्थामा रहेको थियो । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
