कुमार बस्नेत (अधिराज)
सिन्धुपाल्चोक बलेफी गाउँपालिका–१ जलविरेमा रहेको फोडा मेटामोर्फिक एकेडेमी बोर्डिङ स्कुलको पाँचौं बार्षिकोत्सव तथा अभिभावक भेला भब्यरूपमा मनाएको छ ।
बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्याप्सनका केन्द्रीय अध्यक्ष ओम प्रकाश उप्रेतीले वार्षिकोत्सवको शुभकामना मन्तव्य राख्दैै विद्यार्थीका भविष्यका लागि र स्कुल स्तरउन्नतिका लागि भरपुर प्याप्सनको र आफ्नो व्यत्तिलगत तर्फबाट सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
साथै खेल, शिक्षा,स्वास्थ्य ,नृत्यकला लगायत स्कुलले शिक्षासँगै लैजानु पर्ने पनि बताउदै प्याप्सनको तर्फबाट भलिबल ,फुटबल,ब्याटमिन्टन,टिटि वलल लगायतको सामान समेत हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रम संस्थापक अध्यक्ष रमा रमतेलको सभापतित्वमा भएको थियो । उहाँले उपस्थित अथिति,शिक्षक,बिद्यार्थी,अभिभावकलाई धन्यवाद दिदै स्कुलको परिचय र लक्ष्य प्रस्तुत गर्दै फोडा भनेको चट्टान जस्तै फाउन्डेसन अफ डेप्लपमेन एकाडिमि हो भने मेटामोर्फिक को अर्थ चट्टानफोर्नु रूपान्तरण गर्नु परिवर्तन गर्नु रहेको रमतेलले बताउनुभयो ।
कार्यक्रममा शिक्षकहरूको नृत्य र बिद्यार्थीहरुको तेक्वान्दो खेल, नृत्य ,कबिता, लगायत रमाईलो प्रस्तुतिले थप रौनकता थपेको थियो ।
नेपाल टेलिभिजनको कार्यक्रमखुसिको संसारको बिद्या सुबेदिको टिमले सुचना, मनोरञ्जनात्मक तथा जनचेतना मुलक बालबालिकाहरूको लागि विशेष कार्यक्रम प्रस्तुत गर्दै उक्त प्रस्तुति बुधबार सँझ ५ बजे खुसिको संसार कार्यक्रम नेपल टेलि भिजन मार्फत प्रस्तुत गरिने पनि बताउनुभयो ।