उपचार प्रभावकारी हुने भएपनि सिन्धुपाल्चोकमा रहेका आयुर्वेर्दीक औषधालयमा सेवाग्राहीको खासै ध्यान जान नसकेको सरोकारवालाहरुले बताएका छन । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चौताराले मंगलबार आयोजना गरेको स्थानिय स्तरका पत्रकारहरुसँग आयुर्वेद सेवाको प्रर्वधन सम्बन्धी अन्तक्रिया कार्यक्रममा एलोपेथिक औषधीले मात्रै रोग निको हुने भन्दै आयुर्वेद चासोमा नपरेको हो । तर आयुर्वेद उपचार मार्फत् पनि रोग निको हुने भएकाले यसको प्रचार–प्रसार गर्नुपर्ने सरोकारवालाहरुले जोड दिएका हुन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चौताराले मंगलबार आयोजना गरेको स्थानिय स्तरका पत्रकारहरुसँग आयुर्वेद सेवाको प्रर्वधन सम्बन्धी अन्तक्रिया कार्यक्रमको उद्धघाटन गर्दैे प्रमुख अतिथीको आशनबाट बोल्दै नेपाल पत्रकार महासँघका अध्यक्ष जिवन श्रेष्ठले आर्यूवेद उपचारमा चेतना विस्तार आवश्यक रहेको वताउनुभयो । आयुर्वेदिक औषधीको प्रयोगमा सञ्चारकर्मी, जनप्रतिनिधिहरु र यसमा संलग्नहरुले प्रचार–प्रसार गर्नुपर्नेमा समेत श्रेष्ठले जोड दिनुभयो । कार्यक्रमका सभापतत्वि गर्दै जिल्ला आयुर्बेद सञ्चालन तथा ब्यवस्थापन समितीका अध्यक्ष्य कमल कृष्ण नेपालले स्वास्थ्यको लागी पहिलो कुरा समयको ख्याल हुन पर्ने बताउँनु हुँदै समयले आफुलाई नपर्खने बताउँनुभयो । उँहाले कृतिम औषधीले स्वास्थ्यमा असर गर्ने भएकाले जिल्लामा रहेका महत्वपूर्ण जडीबुटीको प्रयोग गर्दै प्रचार प्रसार गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर अञ्जु कार्कीले केन्द्रमा अम्लपित्त, कब्जियत, अतिसार, मधुमेह, उच्च रक्तचाप, स्त्रीरोग, दम खोकी, स्वासप्रस्वास सम्बन्धी उपचार हुँदै आएको बताउनुभयो । डा.कार्किले सहभागिहरुलाई केन्द्रबाट प्रबद्र्धन गरिएका कार्यक्रमहरुको बारेमा जानकारि दिदै आयुर्वेद नेपालको मौलिक एवं राष्ट्रिय चिकित्सा पद्दति हो जुन पूर्र्र्र्र्वीय दर्शनमा पुस्तौंदेखि नेपालीहरुले आफ्नो स्वास्थ्य रक्षा, स्वास्थ्य प्रवर्धन एवं उपचारका लागि स्थानिय स्तरमा उपलब्ध जडिबुटि एवं आयुर्वेद चिकित्सा पद्दतिको प्रयोग गरेको पाइन्छ । वर्तमान परिप्रेक्ष्यमा नसर्ने रोगहरुको प्रकोप बढ्दै गएकोले आयुर्वेद, योग, पञ्चकर्म लगायत चिकित्सा पद्धतिहरुको प्रभावकारिता एवं जनविश्वास दिनानुदिन बढ्दै गइरहेको बताउँनुभयो । आयुर्वेदको मुख्य उद्देश्य भनेको स्वस्थ व्यक्तिको स्वास्थ्य रक्षा एवं रोगी व्यक्तिको रोग निवारण गर्नु हो । यसै उद्देश्यलाई आत्मसात गर्दै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, सिन्धुपाल्चोकले निरन्तर रुपमा सेवाग्राहीहरु माझ आफ्नो सेवा प्रवाह गर्दै आइरहेको बताउँनुभयो । जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सहित ६ वटा आयुर्वेदिक औषधालय र ५ वटा आरोग्य सेवा केन्द्र रेहाको केन्द्रका प्रमुख डाक्टर कार्कीले जानकारी गराउनुभयो । केन्द्रवाट २३ थरीका औषधिहरु निशुल्क वितरण भइरहेको भएपनि उचित प्रचारप्रसार र सेवाग्राहीमा विश्वास दिलाउन नसक्दा आयुवेर्दीक औषधालयहरु ओझेलमा परेको उहाँको धारणा छ । १२ वटा स्थानिय तह रहेको जिल्लाका जुगल , हेलम्बु, ईन्द्रावती र भोटेकोशी गाउँपालिकामा भने आयुर्वेर्दीक औषधालय स्थापना हुन सकेका छैनन् ।