सम्पर्क

सिता हाईड्रोपावरसँग घाइतेको उपचार तथा उचित क्षतीपुर्ती माग

आफ्नै बारीमा आलु रोपिरहेका सिन्धुपाल्चोकको जुगल गाउँपालिका –३ गुम्बा गाउँका १४ वर्षिया नोर्जीवाङमु लामाको यही फागुन १५ मा निधन भएभछी स्थानियले मृतक तथा घाईतेका परिवारले घटनामा घाइतेको उपचार तथा उचित क्षतीपुर्ती तथा गल्ति गर्ने प्रति कानुन बमोजिम कारवाहीका लागी माग गरेका छन् । करेन्ट लागी दुईजना भने गम्भिर घाईते भएका थिए । विहिवार सदरमुकाम चौतारामा पत्रकार सम्मेलन गर्दै स्थानियले सिता हाईड्रोपावरका विद्युत पोलहरुमा क्रसर लगायतका हेवी इक्वीपमेन्ट चलेको बखतमा नाँगा तारहरुमा डरलाग्दो गरी धुवाँ तथा आवाज निस्कने गरेको गुनासो गरेका छन् । हाईड्रोपावरलाई स्थानियले पटक–पटक गुनासो गरेपनी यसको कतैवाट सुनुवाई नभएको उनिहरु बताउँछन् ।
घटनापछि सिता हाइड्रोपावर कम्पनी प्रा. ली. का अध्यक्ष सिताराम तिमल्सीना र नेपाल विद्युत– प्राधिकरण लामोसाघुका कार्यालय प्रमुख डिपिन ढकाललाई प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले फागुन १७ गते बिहान ११ बजे उपस्थित गराई हामी पीडित पक्ष सहित छलफल गर्ने सूचना बमोजिम हामी जिल्ला प्रशासन कार्यालय समयमै पुगेको तर करिब ३ घण्टा पछि सिताराम तिमल्सीना नआउने खबर लिएर एक जना व्यक्ति आइपुगेको मृतकका बुबा मिक्मा दोर्जे लामाले बताउनुभयो । लामाका अनुसार हाईड्रको प्रतिनिधिले आफुले यहाँ भएको छलफललाई हाइड्रो व्यवस्थापन समक्ष पुरयाइदिने मात्रको हैसियत रहेको र निर्णय नै भने दिन नसक्ने बताएका थिए ।
यसअघि पनि फागुण ६ गतेका दिन समेत सिता हाइड्रो पावरको लापारवाहीकै कारण सरोज थारुको मृत्यु भएको स्थानिय बताउँछन् । थारूको मृत्युको भोलीपल्ट फागुन ७ गते जलबिरे प्रहरी निरिक्षकको हातमा लिखित निवेदन दिएपनी सुनुवाई नभएको अविसाप तामाङले बताउनुभयो ।