विनोद नेपाल स्मृति फाउण्डेशनले पशुपतीको समाज कल्याण केन्द्र बृद्वाश्रममा रहेका करिव १०० जना बृद्वबृद्वाहरूलाई फलफुल बितरण गरेको छ । विनोद नेपालको जन्मदिनको अवसर पारेर आईतबार एक कार्यक्रमका बिच उनको सम्झनामा स्थापित फाउण्डेशनले फलफुल वितरण गर्नुका साथै बृद्वबृद्वाहरूलाई खाना खुवाउनको लागी बृद्वाश्रम लाई दान स्वरूप २५ हजार समेत प्रदान गरेको फाउण्डेशनका अध्यक्ष डा. गंगादत्त नेपालले जानकारी दिनुभयो । छोरा विनोदको जन्मदिनमा बर्सेनि यस्ता कार्यक्रम गर्दै आएको विनोदका वुवा तथा फाउण्डेशनका अध्यक्ष नेपालले जानकारी दिए । “आत्मा सन्तुष्टि होस भनेर यो कार्यक्रम गरिएको हो“, नेपालले भन्नुभयो “ पोहोर साल सांसद गगन कमार थापाले उद्घाटन गरेर सुरू भएको कार्यक्रम यो बर्षपनि निरन्तर गरिएको हो“ । फलफुल पाएपछि बृद्वाश्रमका बृद्वबृद्वाहरू खुसी भएका छन । आफन्तहरू समेत भेट्न नआउने गरेको दुखेको पोख्दै एक बृद्वा भगवती सिग्देलले भन्नुभयो “मलाई भेट्न कोहि आउँदैनन्, तपाईहरू भएपनि कहिलेकाहिँ आउँदै गर्नुस है“ ।
उहाँले फाउण्डेशनलाई धन्यवाद दिनुभयो । समाजसेवी डा. गंगादत्त नेपालको छोरा विनोद नेपालको उच्च शिक्षा अध्ययनका लागि अमेरिका गएको समयमा कार दुर्घटनामा परि निधन भएको थियो । उहाँको सम्झनामा गठन गरिएको फाउन्डेसनले २०७७ सालदेखि निरन्तर विभिन्न सामाजिक कार्यहरू गर्दै आईरहेको छ ।
