निर्मल बस्नेत
प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले शहीद सप्ताहको सुरुको दिनमा साहित्यकार एवं पत्रकार कञ्चन प्रियदर्शिलाई सम्झना गरेको छ ।
१० बर्षे शसस्त्र जनयुद्धको क्रममा शहादत प्राप्त गर्ने शहीदहरुको सम्झनामा फागुन १४ देखी २१ गते सम्म सप्ताहव्यापी रुपमा शहीद दिवश मनाउने गरेको छ । जनयुद्धको पहिलो शहीद दिल बहादुर रम्तेललाई ११ बर्षको उमेरमा सेनाले नै हत्या गरेको थियो । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष एवं सेन्टरको सल्लाहकार जीवन श्रेष्ठ र सल्लाह सुरेश कसजु लगायत प्रेस सेन्टर सिन्धुपाल्चोकको पत्रकारहरुले ईश्वरकृष्ण बुढाथोकी ञकञ्चनझ को तस्बिरमा पुष्पगुच्छा र मैनबत्ती वालेर श्रद्धाञ्जली व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले कञ्चनको रगत ब्रमायणीको नदीमा अझै बगिरहेको छ भन्दै उनको सपना पुरा गर्न आफु अझै सक्रिय भएर लाग्ने प्रण गर्नुभयोे । कञ्चनको २०५९ बैशाख १६ गते बलेफी गाउँपालिका १ साँउबोटेमा तत्कालीन शाही नेपाली सेनाद्वारा गोली हानी उनि संगै चौतारा साँगाचोकगढी नगरपालिका – १ स्याउलेका प्रेमबहादुर श्रेष्ठ ञसुमनझको पनि हत्या गरिएको थियो ।
उहाँले २०५१ सालमा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको सचिव र २०५३ सालमा उपसभापतिको जिम्मेवार बहन गर्नुभएको थियो । कञ्चन प्रगतिशील साहित्यकार पनि थियो ।
