विभिन्न अपराधमा अदालतबाट कैद सजाय पाएर फरार भएका दुई अपराधी पक्राउ परेका छन् । सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर गाउँपालिका – १ बस्ने ४३ वर्षिय निमा लामालाई ललितपुर महालक्ष्मी नगरपालिका–४ इमाडोल स्थितबाट पक्राउ गरेको सूचना अधिकारी जिल्ला प्रहरी नायव उपरिक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार लामालाई काठमाडांै अदालतको २०७६ कार्तिक ६ गतेको फैसलाले भ्रष्टाचार तथा अन्य मुद्दामा कैद १३ दिन सजाँय सुनाएको थियो । उनलाई सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरिएकोमा सम्मानित अदालतले निजलाई लागेको कैद सजाय असुलका लागि बुधबार जिल्ला कारागार चौतारा चलान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी बाह्रविसे नगरपालिका – ६ बस्ने ४५ वर्षिय बम बहादुर पाख्रीनलाई ईलाका प्रहरी कार्यलय वाह्रविसेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पाख्रीन वैदेशिक रोजगार ठगि मुद्धामा भक्तपुर जिल्ला अदालतको २०६६ कार्तिक १५ गतेको फैसलाले २०९४०।– (बिस हजार नौ सय चालिस) सजाय सुनाएको थियो । उनलाई बुधबार सम्मानित चौतारा जिल्ला अदालतमा पेश गरेकोमा जरिवाना असुल पश्चात बुधबार नै थुनामुक्त भएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिनुभयो ।
