नेपाल विद्यार्थी संघ चौतारा बहुमुखी क्याम्पस इकाईको आयोजनामा नगर स्तरीय खुला प्रथम टेवलटेनिस प्रतियोगिता सम्पन्न भएको छ । नेपाल बिद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा प्रथम दितिय तृतीयले क्रमश नगद पाँच हजार,तिनहजार,प्रन्धसय सहित प्रमाणपत्र प्राप्त गरेका छन । विजेताहरुलाई नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एंव ने.वि.संघ पुर्व जिल्ला अध्यक्ष विल बहादुर तामाङले प्रमाणप्रत्र सहित नगद हस्तान्तरण गर्नुभएको थियो । प्रतियोगितामा मिलन लामा प्रथम,आमोद शाही द्धितीय सविन सिलवाल तृतीय हुानु भएको थियो । कार्यक्रमको सभापति क्याम्पस इकाई सभापति गिरिराज कटुवालले गर्नुभएको थियोे । प्रतियोगितामा सहभागी सबैलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।प्रमाण पत्र बितरण गर्दै तामागंले खेल जगतले बिद्यार्थीको स्वास्थ्य र ज्ञानमा प्रगती हुने बताउँनु भयो । यस्ता खेलहरु समय समयमा भैरहन पर्ने र बिद्यार्थीहरुको शिक्षा सिकाइ मध्य खेलकुद पनी पनी अती आबश्यक भएको बताउँनु हुँदै नेपाल बिद्यार्थी संघले यस्ता कार्यक्रम गरेकोमा आयोजकलाइ समेत बिशेष धन्यबाद दिनुभयो ।