सिन्धुपाल्चोकको जुगल गाउँपालिका –४ स्थित पाङ्ताङमा रहेको कालीदेवी माध्यमिक विद्यालयको ६० औं वार्षिकोत्सव, अभिभावक भेला तथा भुपु बिद्यार्थी पुनर्मिलन समारोह भव्यताका साथ मनाएको छ । विद्यालयको प्राङ्गणमा आयोजना गरिएको उक्त कार्यक्रममा जुगल गाउँपालिकाको अध्यक्ष रेशम स्याङ्बोले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष स्याङ्बोले सामुदायिक विद्यालयहरुले पछिल्लो समय गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउँदै विद्यालयहरुले विद्यार्थीको संख्यात्मकभन्दा गुणस्तरीय र व्यावहारिक शिक्षामा ध्यान दिनुपर्ने बताउनुभयोे । बालबालिकालाई गुणस्तरीय शिक्षासँगै व्यावहारिक ज्ञान समेत दिन उत्तिकै आवश्यक रहेको बताउँदै उहाँले शिक्षक, अभिभावक र विद्यार्थी तीनै पक्ष मिलेर मात्रै विद्यालयको शिक्षामा गुणस्तर वृद्धि गर्न सकिनेमा जोड दिनुभयो ।
वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा उत्कृष्ट शिक्षक तथा विद्यार्थिलाई सम्मान गरिएको थियो । विद्यालयका प्रधानाध्यापकले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत भएको थियो भने कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम तामाङको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा वडा अध्यक्ष विभिन्न विद्यालयका प्राचार्य, समाज सेवि आदिको उपस्थिति रहेको सो कार्यक्रममा विद्यार्थीहरूले आफ्ना विभिन्न प्रतिभाहरू प्रदर्शन गर्नुका साथै विभिन्न साँस्कृतिक नृत्य प्रस्तुतिले थप रौनकता थपेको थियो ।
