सम्पर्क

ब्रेकिङ न्युज २

फरार अपराधी २६ बर्ष पछी पक्राउ

ब्रेकिङ न्युज २, समाचार
सवारी ज्यान मुद्दामा फरार रहेका एकजनालाई २६ वर्षपछि पक्राउ गरेको छ । ५ महिना २ दिन कैद सजाँय भई फरार रहेका सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका –३ बस्ने ५५ वर्षीय तिलक प्रसाद ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चौताराबाट खटिएको प्रहरी टोलिले ढुङ्गानालाई चौतारा बजार स्थितबाट पक्राउ आईतबार पक्राउ गरेको हो । पक्राउ परेका ढुङ्गानालाई आईतबार जिल्ला अदालत चौतारामा पेस गरी कैद भुक्तान गर्नका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...

एक महिने सिलाई कटाई तालिम समापन

ब्रेकिङ न्युज २, समाचार
चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले हरेक मानिसभित्र रहेको सीपलाई व्यवहारमा उतार्न सके आत्मनिर्भर र स्वरोजागरको अवस्था सिर्जना हुने बताउनुभएको छ । आईतबार ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा एकमहिने सिलाई कटाई तालिमको समापन समारोहको प्रमुख अतिथिको आसनबाट बोल्दैं नगर प्रमुख सापकोटाले उक्त कुरा बताउनुभएको हो । उहाँले हातमा सीप भए कोहि पनि मानिस बेरोजगार बस्नु नपर्ने र कसैको भर नपर्नुपर्ने भन्दैं तालिममा सिकेको सीपलाई व्यवहारमा उतारेर सहभागीहरुलाई आत्मनिर्भर र स्वरोजगार बन्न आग्रह गर्नुभयो । समापन समारोहमा प्राप्त गरेको प्रमाणपत्रलाई राख्नै मात्रै गरियो भने समयको मात्र बर्बाद हुने भएकाले उहाँले यहाँ सीकेको सीपलाई अब हरेक महिलाहरुले व्यवहारमा उतार्न सुझाव दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख थापाले तालिममा सिकेका कुराहरु व्यवहारमा लागुु गरेमा मात्र ...

चौतारा बहुमुखी क्याम्पसको सभापतिमा श्रेष्ठ निर्विरोध

ब्रेकिङ न्युज २, राजनिती, समाचार
सिन्धुपाल्चोकको चौतारा बहुमुखी क्याम्पस सिन्धुपाल्चोकको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका अमृत श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । सम्पुर्ण विद्यार्थि संगठनको सहमतिका आधारमा शनिबार श्रेष्ठ सर्वसहमत चयन भएका छन् । त्यसैगरी, उपसभापतिमा नेवि संघका निर्मल श्रेष्ठ, सचीवमा सुशील तामाङ, सहसचिवमा सविना कार्की, कोषाध्यक्षमा प्रमिला विक चयन भएका छन् । यस्तै सदस्यहरु – रश्मिला खत्री , सुदिप श्रेष्ठ , छिरिङ लामा ,रोशन भुजेल ,अस्मिता आचार्य ,राजन अधिकारी ,मनिता न्यौपाने ,सुमीक्षा तामाङ कोपिला श्रेष्ठ ,प्रजिना बस्नेत चयन भएका छन् ।...

अपांगता व्यक्तीहरुलाई सिपमुलक चाउमिन बनाउने तालिम

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
भोटेकोशी गाउँपालिका–२ तातोपानीमा अपाङ्गता भएका ब्यक्तिहरुलाई सिपमुलक चाउमिन बनाउने ४ दिने तालिम शुक्रबार सम्पन्न भएको छ । भोटेकोशी गाउँपालिकाको आर्थिक सहयोग र बलेफी एकीकृत अपांगता समाजको आयोजनामा सिबिआर कार्यक्रम अन्तर्गत गत फागुन २३ गतेबाट सुरु भएको थियो । कार्यक्रमको प्रमुख अतिथि भोटेकोशी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत भद्र बहादुर बस्नेतले सीप सिकेर व्यवहारमा लगाएमा मात्रै सार्थक हुने भएकोले तालिमपछि व्यावसायिक रूपका सिकेको सीपसम्बन्धी काम गर्न आग्रह गर्नुभयो । चाउमिन तालिमको समापन कार्यक्रममा भोटेकोशी गाउँपालिका – २ का वडा अध्यक्ष कुमार श्रेष्ठको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष श्रेष्ठले अपांगता भएकाको आत्मबल बढाउदै स्वरोजगार बनाउने तर्फ उन्मुख गर्ने तालिमको उद्देश्यले तालिम प्रदान गरेको बताउनुभयो ।...

उत्कृष्ट पाचँ बुहारीलाई सम्मान

ब्रेकिङ न्युज २, समाचार
११३ औँ अन्तराष्ट्रीय श्रमिक महिला दिवसको अवसरमा चौतारा सागाँचोकगढी नगरपालिका वडा नम्बर १४ मा उत्कृष्ट पाचँ बुहारीलाई सम्मान गरिएको छ । वडाको आर्थिक सहयोग र वडा महिला सञ्जालको आयोजनामा अन्तरक्रिया तथा वडा भित्रका परिवारमा राम्रो हेरचाह गरी उत्कृष्ट ५ जना बुहारीलाई सम्मान गरिएको छ । कार्यैक्रमको प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सिता थापाले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरको विशेष दिनमा भब्य कार्यक्रम सहित समाज तथा परिवारको विशेष ख्याल गर्ने उत्कृष्ट बुहारिको सम्मान गर्न पाएकोमा खुशी लागेको बताउनुभयो । कार्यक्रममा वडा कार्यक्रममा वडा अध्यक्ष उद्धव नेपाल , पुर्व वडाध्यक्ष शेरबहादुर श्रेष्ठ, जनप्रतिनिधि पत्रकार यज्ञ दंगाल लगायत वडाका महिला सदस्य ,स्थानीय लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।...

नारी दिवसको अवसरमा यार्सामा अन्तरक्रिया

ब्रेकिङ न्युज २, समाचार
“लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिलाको बिस्तार ’’ भन्ने राष्ट्रिय मुल नाराका साथ ११३ औँ अन्तराष्ट्रिय महिला दिवस सिन्धुपाल्चोकमा पनि बिभिन्न कार्यक्रम गरी मनाएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउले यार्सामा आदिवासी जनजाति महिला उत्थान केन्द्र तथा फ्रिडम किड व्याग संस्थाको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रमको उद्धघाटन आदिवासी जनजाति महिला उत्थान केन्द्रको अध्यक्ष पानमाया तामाङले गर्नुभएको थियो । कार्यक्रम उद्धघाटन गर्दै अध्यक्ष तामाङले महिलाको भविष्यमा गाँस, बास, कपासको अधिकारबाट कोहि वञ्चित हुन र अन्यायको विरुद्ध न्यायलयसम्म पुग्न पहुँच होस भन्ने उद्देश्यले प्रकृति, धर्तिलाई स्मरण गराउदै महिलाको भविष्य सधै उज्यालो रहने शक्ति प्रदान होस भन्ने कामना गर्नुभएको थियो । नेपाली समाजमा कस्ता महिला हिंसा छन्, हिंसा हुनुका कारण के के हुन्, हिंसा ...

मेलम्चीको पानी वितरणका लागि विच्छाइएका पाइपबाट चुहावट

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची खानेपानी वितरणका लागि काठमाडौँ उपत्यकामा बिछ्याइएका पाइपमा चुहावट भएको पाइएको छ । पछिल्लो एक दशकयता विच्छाइएका नयाँ पाइपमा चुहावट भएको पाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । निर्देशनालयले एशियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१३ देखि चक्रपथभित्र एक हजार १० किमी पाइप विच्छाएको थियो । नयाँ पाइपमा पनि अरु निकायले काम गर्दा क्षति पुगेकाले चुहावट हुन थालेको निर्देशनालयको सूचना अधिकारी चन्द्रकुमार पुन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार ढल तथा सडक बनाउँदा, विद्युत् अण्डरग्राउण्ड गर्दा पाइपमा क्षति पुगिरहेकाले पनि सडकमा धेरै ठाउँमा चुहावट पाइएको उहाँले बताउनुभयो । “पुरानो पाइपमा त चुहावट हुने नै भयो नयाँ पाइपमा पनि चुहावटको समस्या भइरहेको छ”, उहाँले भन्नुभयो । निर्देशनालयले यसअघि विच्छाइएको पाइपको परीक्षण गरिरहेको छ । नयाँ पाइपमा परीक्षण गर्द...

विकास निमार्ण आफ्नो पहिलो प्राथमिकताः बस्नेत

ब्रेकिङ न्युज २, राजनिती, समाचार
पाँचपोखरी थाङपाल गाँउपालिका –२,बरुवामा नवनिर्मित सिम्पानी ज्याङ्च्यु छ्योर्तेन राप्ने, समुदघाटन , धर्म गुरु गर्वाङ रेन्पोछे द्वारा वाङ (आयु अभिषेक ) तथा बृहत सास्कृतिक कार्यक्रम मंगलबार सम्पन्न भएको छ । संघिय सांसद ,नेपाली काग्रें्रेसका केन्द्रिय सदस्य , पुर्व सुचना तथा सन्चार मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्य ,बागमति प्रदेश सभा सदस्य कृष्णकुमार तामाङ (समिर) विशेष बागमती प्रदेशको निवर्तमान स्वास्थ्य मन्त्री निमा लामाुको विशेष आतिथ्यमा तथा वडा नम्बर २ का अध्यक्ष बाबुलाल स्याङ्बाकोे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि बस्नेतले यस क्षेत्रको विकास निमार्ण आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो । उहाँले मेलम्ची, इन्दवती बाढीले बगाएका पुल निमार्णको जिम्मा आफुले लिएर चाँडै निमार्ण गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले जन अपेक्षा अनुसार चुना...

नेपाल शिक्षक संघ त्रिपुरासुन्दरीले गर्यो होली विशेष कार्यक्रम

ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
पृथ्वीजंग पाण्डे / तौथली नेपाल शिक्षक संघ त्रिपुरासुन्दरी गाउँ कार्यसमितिको आयोजनामा तौथली चुली डाडामा नेपाल शिक्षक संघ त्रिपुरासुन्दरीको चौथो प्रतिनिधि सभा ,बनभोज कार्यक्रम तथा होली विशेष कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गाउँ पालिका अध्यक्ष भक्तध्वज बोहराले गुणस्तरीय शिक्षा दिन शिक्षक सधै तत्पर रहनु पर्ने र निशुल्क शिक्षाको अवधारणा पालिकाले ल्याएको बताउनु भयो।वडा न ३ चोकटीका वडा अध्यक्ष रमेश राउत,वडा न ४ पिस्करका वडा अध्यक्ष टेकबहादुर गुभाजु,वडा न ५ तौथलीका वडा अध्यक्ष यादप श्रेष्ठ ,वडा न ६ का वडा अध्यक्ष रमेश बोहरा ,शिक्षक संघ जिल्ला अध्यक्ष ऋषिराम पौडेल ,संघिय प्रतिनिधि बासु पौडेल ,ट्रेड युनियन जिल्ला सचिव हरिचन्द्र खड्का ,नेपाली काङ्ग्रेस पालिका सभापति मोहन श्रेष्ठ सचिव लालबहादुर श्रेष्ठ लगायत शिक्षक संघ तथा नेपाली काङ्ग्रेस नेता कार्यकर्ताको बाक्लो उपस्थित र...

पर्यटकको रोजाइमा भैरवकुण्ड

ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार
यहाँको प्रख्यात धार्मिक तथा पर्यटकीयस्थल भैरवकुण्ड अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । समुन्द्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको भैरवकुण्डमा जनैपूर्णिमाका दिन मेला लाग्ने भए पनि अहिले बाह्रै महिना पर्यटक पुग्ने गरेका छन् । त्यसले गर्दा यहाँको चहलपहल बढेको छ । भोटेकोसी गाउँपालिका–३ मा अवस्थित भैरवकुण्डको दर्शन गरेका मनले चिताएका कुरा पूरा हुने जनविश्वास रहेको छ । भैरवकुण्ड पर्यटक पदमार्गका लागि निकै आकर्षक ठाँउ हो । कुण्डबाट देखिने हिमशृङ्खलाको मनमोहक दृश्यले जो कोहीलाई रोमाञ्चित बनाउँछ । अहिले स्वदेशी तथा विदेशी पर्यटक भैरवकुण्ड पुग्ने गरेका स्थानीय देवबहादुर खड्काले बताउनुभयो । सातामा सयौँको सङ्ख्यामा पर्यटक पुग्ने गरेको उहाँले बताउनुभयो । बिदाको समयमा हिँउ खेल्नलगायत मनोरञ्जनका लागि यहाँ अहिले पर्यटक पुग्ने गरेका छन् । ‘आइस’ बनेको ताल, त्यहाँबाट देखिने...