सम्पर्क

चौतारा बहुमुखी क्याम्पसको सभापतिमा श्रेष्ठ निर्विरोध

सिन्धुपाल्चोकको चौतारा बहुमुखी क्याम्पस सिन्धुपाल्चोकको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका अमृत श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । सम्पुर्ण विद्यार्थि संगठनको सहमतिका आधारमा शनिबार श्रेष्ठ सर्वसहमत चयन भएका छन् ।
त्यसैगरी, उपसभापतिमा नेवि संघका निर्मल श्रेष्ठ, सचीवमा सुशील तामाङ, सहसचिवमा सविना कार्की, कोषाध्यक्षमा प्रमिला विक चयन भएका छन् । यस्तै सदस्यहरु – रश्मिला खत्री , सुदिप श्रेष्ठ , छिरिङ लामा ,रोशन भुजेल ,अस्मिता आचार्य ,राजन अधिकारी ,मनिता न्यौपाने ,सुमीक्षा तामाङ कोपिला श्रेष्ठ ,प्रजिना बस्नेत चयन भएका छन् ।