पृथ्वीजंग पाण्डे / तौथली
नेपाल शिक्षक संघ त्रिपुरासुन्दरी गाउँ कार्यसमितिको आयोजनामा तौथली चुली डाडामा नेपाल शिक्षक संघ त्रिपुरासुन्दरीको चौथो प्रतिनिधि सभा ,बनभोज कार्यक्रम तथा होली विशेष कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गाउँ पालिका अध्यक्ष भक्तध्वज बोहराले गुणस्तरीय शिक्षा दिन शिक्षक सधै तत्पर रहनु पर्ने र निशुल्क शिक्षाको अवधारणा पालिकाले ल्याएको बताउनु भयो।वडा न ३ चोकटीका वडा अध्यक्ष रमेश राउत,वडा न ४ पिस्करका वडा अध्यक्ष टेकबहादुर गुभाजु,वडा न ५ तौथलीका वडा अध्यक्ष यादप श्रेष्ठ ,वडा न ६ का वडा अध्यक्ष रमेश बोहरा ,शिक्षक संघ जिल्ला अध्यक्ष ऋषिराम पौडेल ,संघिय प्रतिनिधि बासु पौडेल ,ट्रेड युनियन जिल्ला सचिव हरिचन्द्र खड्का ,नेपाली काङ्ग्रेस पालिका सभापति मोहन श्रेष्ठ सचिव लालबहादुर श्रेष्ठ लगायत शिक्षक संघ तथा नेपाली काङ्ग्रेस नेता कार्यकर्ताको बाक्लो उपस्थित रहेको थियो । नेपाल शिक्षक संघ त्रिपुराका संस्थापक अध्यक्ष सन्तोष आचार्य लाई योगदानको उच्च मुल्यांकन गर्दै कार्यक्रममा सम्मान गरिएको थियो भने आर्थिक सहयोग गर्ने दाताहरुलाइ सम्मान गरिएको थियो । कार्यक्रम शिक्षक संघ पालिका सचिव बलराम नेपालले संचालन तथा अध्यक्ष तेजबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न भएको थियो । नेपाल शिक्षक संघ त्रिपुरासुन्दरीले बर्षैपिच्छे होलि विशेष कार्यक्रम गर्दै आएको छ ।