हेलम्बु – २ चुरेटारमा एतिहासिक श्रीमद्भागवत ज्ञानमहायज्ञ सम्पन्न भएको छ । राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा ख्यातिप्राप्त पण्डित दीनबन्धु पोखरेल र स्थानीय पण्डित नमराज भट्टराईको उपबाचनमा यहि फागुन ( १४–२१)मा महायज्ञ सम्पन्न भएको हो ।
गत फागुन १४ गते गाउँपालिका प्रमुख निमाग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यमा १०८ कलश यात्रा सहित सुरुभयको भएको सप्ताह ब्यापी महायज्ञमा ८२१ जना दता र यज्ञमा चडाईयको भेटी रु. ६३०५० सहित जम्मा ३७ लाख ४६ हजार ८ सय १९ रुपैयाँ नगद जम्मा भएको आयोजकले जनाएको छ । स्थानीय मणिकण्ठेश्वोरी देबी मन्दिर पुनर्निर्माण तथा हेलम्बु गाउँपालिकाको धार्मिक तथा पर्यटन प्रबर्द्धनार्थ संचालित महायज्ञबाट संकलित रकमबाट मणिकण्ठेश्वोरी देबि मन्दिरको पुनर्निर्माण हुने बताउनुभयो । हेलम्बु जस्तो धर्मिक तथा पर्यटकीय महत्व बोकेको ठाउँमा आयर कथा बाचन गर्दा आफुलाई ज्यादै सन्तुष्ट मिलेको पण्डित पोखरेलले बताउनुभयो । हेलम्बुमा अहिले सम्मानकै सबैभन्दा ठूलो धार्मिक अनुष्ठान भएको आयोजकको दाबी छ । पण्डित दीनबन्धु पोखरेललाई धार्मिक तथा पर्यटकीय रुपमा प्रसिद्धि हेलम्बुको धार्मिक तथा पर्यटन सद्भाव दुत बन्न पालिकाले गरेको अनुरोधलाई सहर्ष स्विकार्दै देश तथा बिश्वको जुनसुकै बिदेशमा पुग्दापनि हेलम्बुको धार्मिक तथा पर्यटनको बिषयमा र हेलम्बुमा बन्दै गरेको धर्मचक्र ( नचभबत तचबष्)िको प्रचार प्रसार गर्ने बताउनु भयो । यज्ञमा विभिन्न ठाउँबाट हजारौंको संख्यामा भक्तहनहरुको उपस्थितिमा भब्य रुपमा महायज्ञ सम्पन्न भएको प्रचार प्रसार संयोजक शरण जोतीले जानकारी दिनुभयो ।
