सम्पर्क

नगरस्तरीय अण्डर १३ फुटबल प्रतियोगिता सुरु

चौतारा साँगाचोकगढी नगरपालिका – ८ इर्खु स्पोर्ट क्लवको आयोजनाद्वारा आयोजित नगरस्तरीय अण्डर १३ फुटबल प्रतियोगिता सुरु भएको छ । सोमबार चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले बल हस्तान्तरण गरि प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सापकोटाले खेलकुद राष्ट्रको सान र पहिचान भएको बताउनुभयो । शारिरिक रुपमा स्वस्थ र अनुसाशित नागरिक तयार पार्ने थलो खेलकुद हो उहाँले बताउनुभयो । कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष अमृत दंगालले प्रतियोगितामा धेरै खेल बिथोलिने समस्याहरु देखिएकोले अनुशासनलाई ध्यानमा राखि खेल खेल्न खेलाडीहरुलाई अनुरोध गर्नुभयो । कार्यक्रममा वडाका सदस्य लगायतको उपस्थिती रहेको थियो ।
सोमबारबाट सुरु हुने प्रतियोगितामा प्रथम हुनेलाई नगद दश हजार र दोस्रो हुनेलाई नगद पाँच हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । १३ अण्डर फुटबल प्रतियोगितामा नगरभरीका १६ समुहले भाग लिएका छन् ।