सम्पर्क

स्याउदाइ मितेरी समाजले तौथलीमा नेपाली झण्डा फहराइयो

 पृथ्वीजंग पाण्डे / तौथली
त्रिपुरासुन्दरी गाउँपालिका वडा न. ५ स्थित खागलको चुलीडाँडामा देशको राष्ट्रिय प्रतिक अनि पर्यटन प्रबर्दनका लागि स्याउदाई मितेरी समाज तौथलीले राष्ट्रिय झण्डा फहराएको छ । गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराको प्रमुख आतिथ्यता तथा वडा नं. ५ का वडा अध्यक्ष यादप श्रेष्ठ ,तौथलीका विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको रोहवरमा चुली डाडामा सोमबार ५० वटा राष्ट्रिय झण्डा फहराइएको स्याउदाइ मितेरी क्लबका अध्यक्ष निरज कुमार श्रेष्ठले बताउनु भयो । बिगत दश बर्षदेखी नेपालको राष्ट्रिय झण्डा फहराईरहेको जानकारी उहाँले दिनुभएको छ । यसै कामलाई निरन्तरता अनि अहिले रहेको झण्डाको दुवैतिर ५ फिटको २५÷२५ गरेर ५० वटा झन्डा फहराउने कार्यक्रम सम्पन्न गरेको र उक्त चुलीडाडालाइ कसैले त्रिशुल डाडा,लभ डाडा, झण्डा डाडा इत्यादि नामाकरण हुँदै गएकोमा वडाअध्यक्ष यादप श्रेष्ठ तथा पालिका अध्यक्ष भक्तध्वज बोहरालाई चुलिडाडा नाम कायम गर्न समाजले ध्यानाकर्षण पत्र समेत बुझाएको छ । पालिका अध्यक्ष बोहराले उक्त क्षेत्रमा पर्यटनको आगमन बढाउन र चुलीडाडालाई पर्यटकिय हव बनाउन सक्दो सहयोग गर्ने बताउनु भयो । स्याउदाइ मितेरी समाजको कामको उच्च मुल्यांकन गर्दै समाज सेवामा सधै प्रेरित हुन अनुरोध समेत गर्नुभयो।झण्डा, झण्डा राख्ने पोल र रंग रोगन तथा ठुलो झण्डा सहित करिव डेढ लाख लागतमा झण्डातोलन कार्य सम्पन्न भएको हो । उक्त कार्यक्रममा वडा नं. २ चोकटीका वडा अध्यक्ष रमेश राउत ,वडा नं. ४ पिस्करका वडा अध्यक्ष टेकबहादुर गुभाजु, वडा नं. ६ टेकानपुरका अध्यक्ष रमेश बोहरा लगायत जनप्रतिनिधि तथा स्थानीयहरुको उपस्थित रहेको थियोे । झण्डातोलन कार्यक्रमसँंगै सामुहिक रूपमा होलि समेत उक्त स्थानमा खेलिएको नेपाली काङ्ग्रेस त्रिपुराका पार्टी सभापति मोहन श्रेष्ठले बताउनु भयो । उक्त स्थानबाट पिस्कर,धुस्कुन,पेडकु,जेठल ,राम्चे ,लामोसागु,खाडिचौर लगायतका स्थानको मनोरम दृश्यअवलोकन गर्न सकिन्छ । हिजोआज विद्यालय,क्याम्पस तथा क्लब सहकारी बाट उक्त चुलिडाडामा पिकनिक जाने,फोटो र टिकटक बनाउने उपयुक्त गन्तव्य बनेको छ । अहिले नेपाली झण्डा फहराए पछि चुलीडाडा अत्यन्तै मनमोहक र आकर्षक देखिएको छ ।