सम्पर्क

विकास निमार्ण आफ्नो पहिलो प्राथमिकताः बस्नेत

पाँचपोखरी थाङपाल गाँउपालिका –२,बरुवामा नवनिर्मित सिम्पानी ज्याङ्च्यु छ्योर्तेन राप्ने, समुदघाटन , धर्म गुरु गर्वाङ रेन्पोछे द्वारा वाङ (आयु अभिषेक ) तथा बृहत सास्कृतिक कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
संघिय सांसद ,नेपाली काग्रें्रेसका केन्द्रिय सदस्य , पुर्व सुचना तथा सन्चार मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्य ,बागमति प्रदेश सभा सदस्य कृष्णकुमार तामाङ (समिर) विशेष बागमती प्रदेशको निवर्तमान स्वास्थ्य मन्त्री निमा लामाुको विशेष आतिथ्यमा तथा वडा नम्बर २ का अध्यक्ष बाबुलाल स्याङ्बाकोे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि बस्नेतले यस क्षेत्रको विकास निमार्ण आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो ।
उहाँले मेलम्ची, इन्दवती बाढीले बगाएका पुल निमार्णको जिम्मा आफुले लिएर चाँडै निमार्ण गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले जन अपेक्षा अनुसार चुनावका बेला गरिएका प्रतिबद्धता पुरा गर्ने बताउनुभयो । कार्यक्रका बिशेष अतिथि प्रदेस सभा सदस्य कृष्णकुमार तामाङ (समिर)ले बिशेष अतिथिको रुपमा निमन्त्रणा गरि न्यानो स्वागत,माया स्नेहको लागि उपस्तिथ सम्पुर्ण महानुभावहरुमा आभार प्रकट गर्दै आयोजकलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले आदिवासी जनजातिहरुको धर्म ,सस्कृति र शान्तीको प्रतिक छ्योर्तेन निर्माण गर्न सहयोग गर्नुहुने सम्पुर्णलाइ धन्यवाद व्यक्त गर्दै प्रदेश भरिनै विभिन्न जातजातिहरुको धर्म ,सस्कृतिलाइ पबद्र्धन गर्ने मठमन्दिर ,गुम्बा ,छयोर्तेन बनाउन आफ्नो प्रमुख प्राथमिकता रहने बताउनु भयो । उहाँले बरुवाको सडक स्तरउन्नतिका लागि आफुले पहल गर्ने बताउनुभयो ।
यसैगरि उहाँहरुले बरुवामासञ्चालित योजनाहरुको पनि अवलोकन गर्नुभएको वडा अध्यक्ष बाबुलाल स्याङ्बाले जानकारी दिनुभयो । कार्यक्रममा सम्बोधन गर्नुहुँदै पुर्व मन्त्री निमा लामाले सदैव आफु सिन्धुबासीको सुख दुखमा साथ रहने बताउनुभयो ।