नेपाली काँग्रेस दोलखाले एक सुत्रिय माग गरेको छ । सोमबार पार्टीको निर्णय अनुसार एक विज्ञप्ती जारी निकाल्दै मनोमालिन्य ढंगले देशभर विबाद सृजना गरेर संगठन ध्वस्त बनाउने अन्तरध्वंसी प्रबृत्तिको ने.वि.संघको केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई बर्खास्त गरेर वा राजिनामा दिलाएर पदमुक्त गर्न एकसुत्रिय माग राखेर नेपाली काँग्रेस केन्द्रीय कार्लयमा पत्र दर्ता गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्य समितिले सर्वसम्मत रुपमा अध्यक्षका लागी नाम सिफारिस गर्न माग गरिए वमोजिम नेपाली काँग्रेस दोलखाको २०७९ माघ १० को निर्णय अनुसार सौगात थापालाई नेपाल विद्यार्थी संघ दोलखाको अध्यक्ष पदमा मनोनयन गर्न सर्वसम्मतले निर्णय गरी सिफारिस पठाईएको थियो । हाल सामाजिक संजालबाट प्राप्त जानकारी अनुसार नेपाल विद्यार्थी संघ दोलखाको अध्यक्ष पदमा नेपाल विद्यार्थी संघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाको मनोमालिन्यबाट नेपाल विद्यार्थी संघ दोलखाको कुनै साधारण सदस्य समेत नरहेको व्यक्तिलाई जिल्ला अध्यक्ष तोकी पठाएको खबरले नेपाली काँग्रेस दोलखाको गम्भीर ध्यानाकर्षण भएको नेपाली काँग्रेस दोलखा सभापति बर्मा लामाले बताउनुभयो । कमजोर संगठन भएको दोलखा जिल्लामा पार्टीलाई विवाद रहित ढंगबाट संचालन गर्न विभिन्न गुट उपगुट निस्तेज गर्ने अभियानमा जिल्ला नेतृत्व लागी परेको समेत सभापती लामाले बताउनुभयो । “दुरदराजको संगठन बचाउ अभियानलाई“ देशभरका सच्चा नेपाली काँग्रेसको नेता तथा कार्यकर्ता साथीहरू , नेपाल विध्यार्थी संघको नेता तथा कार्यकर्ता ज्युहरुलाई सहयोग गर्न लामाले अपिल गर्नुभएको छ ।
स्थानीय निर्वाचन र प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा घात अन्तरघात गर्नेहरुलाई क्षमादान गरी एक सुत्रीय ढंगले पार्टी संगठन एकढिक्का बनाउने अभियानमा जिल्ला पार्टी अघि बढिरहेको व्यहोरा अवगत गराउन चाहन्छु । पार्टीको जिल्ला तहले गरेको सर्वसम्मत निर्णय र सिफारिसको अवमुल्यन गरी ( लत्याई ) व्यक्तिगत स्वार्थ र संलग्नता तथा काठमाडौं तिरको निकटताका आधारमा जिल्ला अध्यक्ष तोक्ने र प्रत्येक जिल्लामा विवाद सृजना गर्ने नेपाल विद्याथी संघका असक्षम केन्द्रिय अध्यक्ष दुजाङ शेर्पालाई तत्काल बर्खास्त गर्न र दोलखा जिल्लाको हकमा पार्टी वैठकको सर्वसम्मतले गरेको निर्णय तथा दोलखाली आम विद्याथीहरुको भेलाले चयन गरेको नेतृत्व र समितिलाई आधिकारिकता प्रदान गर्न अनुरोधका साथै जोडदार माग गर्दछौ । विज्ञप्तीमा भनिएको छ ।
