सम्पर्क

नारी दिवसको अवसरमा यार्सामा अन्तरक्रिया

“लैङ्गिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिलाको बिस्तार ’’ भन्ने राष्ट्रिय मुल नाराका साथ ११३ औँ अन्तराष्ट्रिय महिला दिवस सिन्धुपाल्चोकमा पनि बिभिन्न कार्यक्रम गरी मनाएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउले यार्सामा आदिवासी जनजाति महिला उत्थान केन्द्र तथा फ्रिडम किड व्याग संस्थाको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रमको उद्धघाटन आदिवासी जनजाति महिला उत्थान केन्द्रको अध्यक्ष पानमाया तामाङले गर्नुभएको थियो । कार्यक्रम उद्धघाटन गर्दै अध्यक्ष तामाङले महिलाको भविष्यमा गाँस, बास, कपासको अधिकारबाट कोहि वञ्चित हुन र अन्यायको विरुद्ध न्यायलयसम्म पुग्न पहुँच होस भन्ने उद्देश्यले प्रकृति, धर्तिलाई स्मरण गराउदै महिलाको भविष्य सधै उज्यालो रहने शक्ति प्रदान होस भन्ने कामना गर्नुभएको थियो ।
नेपाली समाजमा कस्ता महिला हिंसा छन्, हिंसा हुनुका कारण के के हुन्, हिंसा भएमा के गर्ने, हिंसा न्यूनीकरण गर्न के गर्ने, महिला अधिकार वा सशक्तीकरण किन आवश्यक छ, हिंसाका दोषी को हुन सक्छन्, हिंसाबाट वच्न के गर्ने, कसरी आत्मरक्षा गर्ने भन्ने विषयमा फ्रिडम किडव्यागका निर्मला श्रेष्ठले स्पष्ट पार्नुभएको थियो । कार्यक्रममा उपस्थित जेष्ठ नागरीकबाट केक काटी सवैलाई एकअर्कामा शुभकामना साटासाट गरी कार्यक्रम समापन गरिएको थियो ।