सम्पर्क

नगरस्तरीय अन्डर १३ फुटबल प्रतियोगिताको उपाधि जन विकासलाई

चौतारा साँगाचोकगढी नगरपालिका स्तरीय अन्डर १३ फुटबल प्रतियोगिताको उपाधि जनविकास माध्यमिक विद्यालय साँगाचोकले हात पारेको छ ।
इर्खु स्पोर्ट्स क्लबको आयोजनामा सोमबारदेखी सुरु भएको खेलको फाईनलमा सिद्धिकमला माध्यमिक विद्यालय पीपलडाँडालाई २–३ गोल अन्तरले पराजित गर्दै जनविकासले उपाधि उपाधि चुमेको होे । विजेता जनविकासले ट्रफीको साथमा नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त ग¥यो । उपविजेता सिद्धिकमलाले नगद ५ हजार रुपैयाँमा चित्त बुझायो । निर्धारित समयमा दुवै टिमबाट २÷२ गोल भएको थियो । जनविकासका उत्सव माझी खेलको म्यान अफ द म्याच घोषित भएका छन् ।
इर्खु स्पोर्टस क्लवका सुवास महत सर्वोत्कृष्ट घोषित हुँदा सेतीदेवी मावि ठूलोसिरुवारीका मनिष तामाङ उत्कृष्ट गोलकर्ता बनेका छन् । उहाँले प्रतियोगिताको एउटै खेलमा सात गोल गरेको थियो । यसैगरी सिद्धिकमलाका सञ्जिव रिसाल उत्कृष्ट डिफेन्डर र जनविकासका विश्वास माझी उत्कृष्ट गोलरक्षक चुनियो । उत्कृष्ट खेलाडीले ट्रफी पुरस्कार प्राप्त गरेका छन् ।
उमेर समुहको अण्डर १३ नगरपालिकाभित्र पहिलोपटक भएको हो । तीन दिन चलेको प्रतियोगितामा नगरभित्रका १६ टिमको सहभागिता रहेको थियो ।