११३ औँ अन्तराष्ट्रीय श्रमिक महिला दिवसको अवसरमा चौतारा सागाँचोकगढी नगरपालिका वडा नम्बर १४ मा उत्कृष्ट पाचँ बुहारीलाई सम्मान गरिएको छ । वडाको आर्थिक सहयोग र वडा महिला सञ्जालको आयोजनामा अन्तरक्रिया तथा वडा भित्रका परिवारमा राम्रो हेरचाह गरी उत्कृष्ट ५ जना बुहारीलाई सम्मान गरिएको छ । कार्यैक्रमको प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सिता थापाले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरको विशेष दिनमा भब्य कार्यक्रम सहित समाज तथा परिवारको विशेष ख्याल गर्ने उत्कृष्ट बुहारिको सम्मान गर्न पाएकोमा खुशी लागेको बताउनुभयो । कार्यक्रममा वडा
कार्यक्रममा वडा अध्यक्ष उद्धव नेपाल , पुर्व वडाध्यक्ष शेरबहादुर श्रेष्ठ, जनप्रतिनिधि पत्रकार यज्ञ दंगाल लगायत वडाका महिला सदस्य ,स्थानीय लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
