सम्पर्क

एक महिने सिलाई कटाई तालिम समापन

चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले हरेक मानिसभित्र रहेको सीपलाई व्यवहारमा उतार्न सके आत्मनिर्भर र स्वरोजागरको अवस्था सिर्जना हुने बताउनुभएको छ ।
आईतबार ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा एकमहिने सिलाई कटाई तालिमको समापन समारोहको प्रमुख अतिथिको आसनबाट बोल्दैं नगर प्रमुख सापकोटाले उक्त कुरा बताउनुभएको हो । उहाँले हातमा सीप भए कोहि पनि मानिस बेरोजगार बस्नु नपर्ने र कसैको भर नपर्नुपर्ने भन्दैं तालिममा सिकेको सीपलाई व्यवहारमा उतारेर सहभागीहरुलाई आत्मनिर्भर र स्वरोजगार बन्न आग्रह गर्नुभयो । समापन समारोहमा प्राप्त गरेको प्रमाणपत्रलाई राख्नै मात्रै गरियो भने समयको मात्र बर्बाद हुने भएकाले उहाँले यहाँ सीकेको सीपलाई अब हरेक महिलाहरुले व्यवहारमा उतार्न सुझाव दिनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख थापाले तालिममा सिकेका कुराहरु व्यवहारमा लागुु गरेमा मात्र तालिमको सार्थकता रहने बताउनुभयो । चौतारा साँगाचोकागढी नगरपालिका वडा न ५ को वडास्तरीय महिला संजालको आयोजनामा र चौतारा साँगाचोकगढी नगरपलिका वडा नं.५ को वडा कार्यालयको आर्थिक सहयोगमा स्थानिय महिलाहरुलाई दक्ष सीप सिकाएर स्वरोजगार र आत्मनिर्भर बनाउने उद्घेश्यले तालिम चौतारामा आयोजना गरेको थियो ।