सम्पर्क

फरार अपराधी २६ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्दामा फरार रहेका एकजनालाई २६ वर्षपछि पक्राउ गरेको छ । ५ महिना २ दिन कैद सजाँय भई फरार रहेका सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका –३ बस्ने ५५ वर्षीय तिलक प्रसाद ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चौताराबाट खटिएको प्रहरी टोलिले ढुङ्गानालाई चौतारा बजार स्थितबाट पक्राउ आईतबार पक्राउ गरेको हो । पक्राउ परेका ढुङ्गानालाई आईतबार जिल्ला अदालत चौतारामा पेस गरी कैद भुक्तान गर्नका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।