सम्पर्क

ऐन संशोधन गरेर भएपनि संस्थागत बिद्यालयहरुलाई पनि सहयोग गरिने ः नगर प्रमुख तामाङ

देवराज सुवेदी
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले सामुदायिक तथा संस्थागतविद्यालयहरुलाई समान व्यवहार गरिने बताउनुभएको छ । शनिबार सिन्धुपाल्चोकको मेलम्चीनगरपालिका–११ स्थित प्रगति अंग्रेजी माध्यमिक विद्यालयको ३१ औँ बार्षिकोत्सव तथासम्मान कार्यक्रमका प्रमुख अतिथि उहाँले सो कुरा बताउनुभएको हो । उहाँले ऐनसंशोधन गरेर भएपनि संस्थागत बिद्यालयहरुलाई पनि सहयोग गरिने बताउनुभयो । सोहीक्रममा नगरपालिकाका उपप्रमुख उमा प्रधानले गुणस्तरीय शिक्षा प्रदान गर्न संस्थागतबिद्यालयहरुले पनि समुदायलाई सहयोग गरेकाले कुनै विभेद गर्न नहुने धारणा राख्नुभयो। बिद्यालयको बार्षिकोत्सवको अबसरमा हरेक बर्ष गरिदै आएको प्रगति सम्मानकार्यक्रमबाट यो बर्ष पनि तीन जना सम्मानित भएका छन् । बिद्यालयले प्रदान गर्ने प्रगतिपत्रकारीता सम्मान २०७९ बाट पत्रकार दिनेश थापा, प्रगति साहित्य सम्मानबाट किशोरबुढाथोकी र प्रगति लोक गीत सम्मानबाट लोक गायक पदम दुलाल सम्मानित हुनुभएको सम्मानकार्यक्रमका संयोजक डम्बर रसिक भारतीले बताउनुभयो ।साहित्य विधाबाट सम्मानित भएका बुढाथोकीले खाडी मुलुक कतारदेखि नेपालमासमेत साहित्यमार्फत नेपाली भाषा संस्कृतिको उत्थान, विकास र संरक्षणमामहत्वपूर्ण भूमिका निर्वाह गरेकाले कदरस्वरूप सम्मान गरिएको विद्यालयकाप्रध्यानाध्यापक ऋषी नेपालले बताउनुभयो । बुढाथोकीको मरूभूमिको साहित्य यात्रार जूनका आभाहरू कृति प्रकाशित छ ।त्यस्तै प्रगति पत्रकारिता सम्मानबाट दिनेश थापा र प्रगति कला सम्मानबाट पदम दुलालसम्मानित हुनुभएको छ । विद्यालयले हरेक वर्ष विभिन्न विधामा समाज विकासमा लागियोगदान दिएका व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ । थापा नेपाल पत्रकार महासंघसिन्धुपाल्चोकका उपाध्यक्ष हुन् ।२०६० सालबाट पत्रकारिता सुरु गरेका थापा हाल सिन्धु प्रवाह साप्ताहिकका सम्पादकरहेका छन् । राजधानी दैनिक र नेपाल प्रेस डटमा आवद्ध उहाँले जिल्लामा भएकाविपद्लगायतमा समाचार सम्प्रेषण गरी नागरिकलाई सुसूचित गराएकाले सम्मानगरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयकृष्ण श्रेष्ठ जानकारी दिनुभयो ।लोक गायक पदम दुलाललाई गीत संगीतबाट मनोरञ्जन मात्रै नभई जिल्लाको कलातथा पर्यटन विकासमा सघाउ पु¥याएकोले सम्मान गरिएको समेत उहाँले बताउनुभयो ।सिन्धुपाल्चोकमा जन्मेर राष्ट्रलाई योगदान गर्ने विभिन्न विधाका व्यक्तित्वलाई२०६२ सालदेखि निरन्तर सम्मान प्रदान गर्दै आएको विद्यालयले आफ्नो ३१औं वार्षिकोत्सवसमारोहको अवसरमा सम्मान प्रदान गरेको हो । मेलम्ची नगरपालिकाका प्रमुख आइतमानतामाङ तथा उप प्रमुख उमा प्रधानले सम्मानित हुनेहरूलाई दोसल्ला तथा सम्मान पत्र प्रदानगर्नुभएको थियो ।