सम्पर्क

ब्रेकिङ न्युज २

महाबिर पुनको अनशन राजनितीक समर्थन ऐक्यबद्धता

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार
स्वदेसी उत्पादनलाइ मान्यता दिन लगाएत बिभिाँ मागहरु राखी माइतीघरमा अनशन बस्नु भएका महाबिर पुनको आन्दोलनलाइ बिभिन्न राजनिती दलका नेताहरु, समाजीक सघ सस्थाहरुले ऐक्यबद्धता जनाएका छन । राप्रपाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनले शुरु गरेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रममा समर्थन र ऐक्यबद्धता प्रकट गरेको छ। पार्टीका निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपाको टोलीले धर्ना स्थलमा पुगेर पुन र धर्नारत आविष्कार केन्द्रको टोलीलाई भेटेर आफ्नो संस्थागत समर्थन जनाएको राप्रपाको नेतृ बागमती प्रदेस सभा सदस्य माननीय कुमारी तामागंले जानकारी दिनु भयो । उँहाका अनुसार धर्ना स्थलमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्षहरु, अन्य पदाधिकारीहरु, संघ र प्रदेशका उपलब्ध सांसदहरू, भातृ संगठनका पदाधिकारी तथा सदस्यहरुको समुह...

संगठन सुदृढीकरण अभियान चलाउँदै काँग्रेस

ब्रेकिङ न्युज २, राजनिती, समाचार
नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्लाले संगठन सुदृढीकरण अभियान चलाउने भएकोे छ । जिल्ला पाटि सभापति जङ्ग बहादुर लामाको अध्यक्षतामा बसेको पु्र्ण बैठकले वडातहसम्म सुदृढीकरण गर्ने र बाँकि रहेका विभागहरु गठन गरी सवै विभाग लाई पुर्णता दिने लगायतका निर्णयहरु गरेको पाटि प्रबक्ता नवराज भटराईले बताउँनुभयो । उहाँका अनुसार बाग्मती प्रदेशमा निर्वाचित शिक्षक संघका उपमहासचिव भेषराम पौडेल बाग्मती प्रदेश सदस्य कल्पना मोक्तान केशव डोटेल, शिक्षक संघ केन्द्रीय सदस्यतुल्सी प्रसाद दंगाल ,नेपाल ट्रेड यूनियन कांग्रेस संघ संग आवद्द गैलैचा मजदुर संघ वाग्मती प्रदेश अध्यक्ष बुद्ध तामाङलाई सम्मान गरेको थियो । बैठकले विभाग गठनको सम्पूर्ण अधिकार सभापतीलाई दिने निर्णय समेत गरेको छ ।...

फरार अपराधी पक्राउ

ब्रेकिङ न्युज २, समाचार
बैंकिङ कसूर मुद्दाका एकजना फरार प्रतिवादीलाई काठमाडौं महानगरपालिका – ६ को बौद्ध कुमारीगालबाट प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका – १ बस्ने ४० वर्षिय देवी प्रसाद चौलागाईलाई प्रहरीले बिहिबार पक्राउ गरेको हो । उनलाई वैकिङ कसूर मुद्दामा २०७६ भदौ २ मा ७ दिन कैद र जरिवाना रु १,००,०००।– (एक लाख) रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । उनलाई फैसला कार्यान्वयनका लागि बिहिबार नै सिन्धुपाल्चोक जिल्ला अदालत पेश गरि कैद जरिवाना सजाँय असुल उपरका लागि जिल्ला कारागार कार्यालय चौतारा चलान गरिएको प्रहरीले जनाएको छ ।...

पुरानै लयमा फर्कियो हेलम्बुको पर्यटन व्यवसाय

ब्रेकिङ न्युज २, समाचार
भूकम्प र कोरोनाले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय पहिलेकै अवस्थामा फर्किएको छ । भूकम्पले क्षति पु¥याएका व्यक्तिको घर, गुम्बा, होटल र होमस्टेको पुनर्निर्माणपछि हेलम्बु आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको हो । बाटैभरि बौद्ध धर्मावलम्बीको सेता आकर्षक माने, रंगिन ध्वजापताकाले सिंगारिएको सिंगो गाउँ, आँखै अगाडि मनै लोभ्याउने सेता हिमाल । गर्मी महिनामा सिरसिर हावा चल्ने मनमोहक डाँडाकाँडा र हिमाली वनस्पती र वन्यजन्तु हेलम्बुका आकर्षण हुन् । पर्यटकीय गाउँ हेलम्बु आइपुगेका जाउलाखेल ललितपुरका विपुल शाक्य यहाँको सौन्दर्य देखेर छक्कै पर्नुभयो । राजधानीको प्यास मेटाउने मेलम्ची खानेपानीको सुरुङ हेर्ने बहानामा हेलम्बु आईपुग्नुभएका उहाँले आँखै अगाडि पहिलोचोटी हिमाल देखेर दंग पर्नुभएको थियो । भूकम्पले गुम्बाको सहर भनेर चिनिने हेलम्बुको धार्मिकस्थलको ग्राउन्ड जिरो बनायो ...

शिक्षा सुधार गर्न धुस्कुनमा दुईदिने कार्यशाला सम्पन्न

ब्रेकिङ न्युज २, समाचार
पृथ्वीजंग पाण्डे / पिस्कर सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका – ३ धुस्कुनको महेन्द्रप्रताप माध्यमिक विद्यालयमा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्न दुईदिने कार्यशाला आइतबार सम्पन्न गरिएको छ । शैक्षिकसत्र सुरु हुनुभन्दा अगाडि शिक्षामा परिवर्तन ल्याउने उद्देश्यले कार्यशाला गरिएको हो।गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले कार्यशालाको उदघाटन गर्नुभएको थियो भने विशिस्ट अतिथि तथा शिक्षाविद बिद्यानाथ कोइराला र स्थानीय अनुभवी सहजकर्ता चक्रबहादुर बस्नेतले कार्यशालामा सहजीकरण गर्नुभएको थियो । महेन्द्रप्रताप माबिका शिक्षक बलराम नेपालले संचालन गर्नु भएको कार्यक्रम वडा शिक्षा समितिका अध्यक्ष तथा वडा अध्यक्ष शिवकुमार कार्किको सभापतित्वमा कार्यक्रम भएको थियो । वडा नं. ३ धुस्कुनका ६ वटा विद्यालयको सम्पुर्ण शिक्षकहरु तथा विद्यालय व्यावस्थापन समितिको अध्यक्षहरुको उपस्थिति रहेको थियो । दुई द...

पर्यटकको रोजाइमा जलविरे झरना

ब्रेकिङ न्युज २, मनोरन्जन, समाचार, साहित्य
चितवनको इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित जलविरे लामो झरनामा पछिल्लो समय पर्यटकीय गतिविधि बढ्दै गएको छ । यहाँ आन्तरिक पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । मुख्यतया गर्मी याममा झरनामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । जलविरे झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले गर्मी सुरु भएसँगै दैनिक झरनामा आउने पर्यटकको सङ्ख्या बढ्दै गएको बताउनुभयो । “दैनिक दुई सयको हाराहारीमा पयर्टक यहाँ आउने गरेका छन्”, उहाँले भन्नुभयो । शनिबार र सार्वजनिक बिदाका दिन भने यहाँ अत्यधिक घुइँचो लाग्छ । नयाँ वर्षको पहिलो दिन एक हजार एक सय ५० जनाले टिकट काटेको तथ्याङ्क छ । कोरोना महामारीपछि यहाँ पर्यटक आउने क्रम बढेको हो । झरना रहेको वडा नं ६ का बासिन्दालाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । “यहाँ झरना अवलोकनका लागि बाह्रैमास पर्यटक आउने गरेका छन्”, अध्यक्ष गुरुङ बताउनुहुन्छ । पर्यटक लोभ्याउनका...

महेन्द्रदय मा.बी.को गेट सिल्यान्यास

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोक जिल्ला स्थित सुनकोशी गा पा ६ रहेको महेन्द्रदय माध्यमिक बिद्यालय भवन जाने गेट निर्माण कार्य शुरु भएको छ । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष रेशम बहादुर पाखैीनले एक समारोहका बिच भवनको सिल्यान्यास गर्नू भयको हो । स्थानीय बिद्यालयका पुर्ब बिद्याथी तथा भुमेस्थान प्रा वि का पुर्व प्र अ कुमार बि क को एकल खर्चमा उक्त गेट निमौण हुन लागेको हो ।स्थानीय सुनकोसी ६ निवासी स्वर्गीय पिता तारा वहादुर बि क र स्वर्गीय माता नीर माया बि क का सुपुत्र बिद्यालयका पुर्व विद्यार्थी एवं भुमेस्थान प्रा वि का पुर्व प्र अ कुमार बि क ज्यु द्वारा आफ्ना स्वर्गीय माता पिताको स्मृतिमा बिद्यालयको जिर्ण भएको मूल प्रवेश द्वार ( मूल गेट ) पुनःनिर्माण कार्यका लागि लाग्ने सम्पुर्ण खर्च आफैले गरी पुनः निर्माण सम्पन्न गरिदिने प्रतिवद्वता अनुरुप मातृ दिवसको अवसर पारी गेट निर्माणको शिलान्यास कार्य भएको हो । वि व्य स अ...

नेपाल माझी उत्थान संघ सिन्धुपाल्चोकको अध्यक्षमा अमृत माझि

ब्रेकिङ न्युज २, समाचार
देवराज सुवेदी नेपाल माझी उत्थान संघ सिन्धुपाल्चोकको चौथो संयुक्त जिल्ला अधिबेशन बुधबार झ्याडी नमुना बस्ती चौतारा साँगाचोकगढी नगरपालिका १४ मा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि नेपाल माझी उत्थान संघ केन्द्रिय उपाध्यक्ष चिनिमाया माझीले माझी समुदायले आफ्नो पहिचान जोगाउदै आय आर्जनमा जोडिनु पर्ने बताउनुभयो । उहाँले माझी समुदायको उत्थानमा लाग्न नयाँ कार्यसमितिलाइ आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल माझि महिला उत्थान सघंकी केन्द्रिय अध्यक्ष रिता माझि, आदिवासि जनजाति महासघं सिन्धुपाल्चोकका उपाध्यक्ष हरिकुमार श्रेष्ठ लगायतले आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरुको तर्फबाट शुभकामना मन्तव्य राख्दै इन्द्रावती गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष राम जी माझिले माझिहरु एक जुटहुन सकेमा मात्र विकास हुने बताउनुभयो । उहाँले अझैपनि चेतनाको कमि रहेको उल्लेख गर्दै सिर्जनात्मक काममा ल...

मखमल र परालको जुत्ता बन्ने तालिम सुरु

जिबनशैली, ब्रेकिङ न्युज २, समाचार
सिप सिकौं रोजगार बनौं भन्ने नाराका साथ मेलम्ची नगरपालिकाले एकल महिलाहरूलाई मखमल र परालको जुत्ता बन्ने तालिम आयोजना गरेको छ । तालिमको मंगलबार उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले एकल महिलाहरुको आर्थिक क्षमता बढाउनका लागि यो कार्यक्रम आयोजना गरिएको भन्दै तालिमको लागि मात्र तालिम नभएर सिकेका कुरालाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले एकल महिलालाई आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले लगानी गरेको भन्दै गरेको लगानी खेर जान दिन नहुने बताउनुभयो । तालिममा नगरपालिकाका प्रशासकिय अधिकृत झपेन्द्र खरेलले सिप सिकेर आत्मनिर्भर बन्न तालिमले सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । ध्यान दिएर सिकेर आफ्नो जिवनको आर्थिक पाटोलाइ बलियो बनाउन आग्रह गर्नुभयो । उहाँले आफ्नै गाउँ घरको उत्पादन पराल बाट जुत्ता बनाएर बेच्न सकेमा बाहिर बाट आउने प्लास्टिकको जुत्ता आयात गर्न नपर्ने बताउनुभयो । १५ गते स...

जालबारीमा प्रसुती सेवा केन्द्रको उद्घाटन

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
गोपाल गदाल सिन्धुपाल्चोक बलेफी गाउपालिका –६ जालबारीमा आधारभुत स्वास्थ्य चौकी तथा प्रसुति केन्द्रको उद्घाटन गरिएको छ । सोमबार बागमती प्रदेश सभा सदस्य अमृता नेपाल प्रभाको प्रमुख आतिथ्य र बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङको विशेष आतिथ्यमा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका अनुप अधिकारी, बलेफी गाउँपालिका उपाध्यक्ष सरु लामा, बलेफी गाउँपालिका स्वास्थ्य साखा प्रमुख चेतन घिमिरे, बलेफी गाउपालिका वडा नं. ६ का वडा अध्यक्ष तेज बहादुर पराजुली लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी अमृता नेपालले प्रसुती सेवा केन्द्रले यस क्षेत्रमा गर्भवती महिलाहरुले प्रसुती सेवाको लागी अन्य क्षेत्रमा पुग्नु पर्ने समस्याबाट छुटकारा पाएको हुदाँ लामो दुरीका प्रसुती केन्द्रमा लादा आमा र बच्चालाई हुने खतरा समेत अब नहुने भएको हुदाँ खुसी व्यक्त गर्नुभयो ।...