सिन्धुपाल्चोक जिल्ला स्थित सुनकोशी गा पा ६ रहेको महेन्द्रदय माध्यमिक बिद्यालय भवन जाने गेट निर्माण कार्य शुरु भएको छ । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष रेशम बहादुर पाखैीनले एक समारोहका बिच भवनको सिल्यान्यास गर्नू भयको हो ।
स्थानीय बिद्यालयका पुर्ब बिद्याथी तथा भुमेस्थान प्रा वि का पुर्व प्र अ कुमार बि क को एकल खर्चमा उक्त गेट निमौण हुन लागेको हो ।स्थानीय सुनकोसी ६ निवासी स्वर्गीय पिता तारा वहादुर बि क र स्वर्गीय माता नीर माया बि क का सुपुत्र बिद्यालयका पुर्व विद्यार्थी एवं भुमेस्थान प्रा वि का पुर्व प्र अ कुमार बि क ज्यु द्वारा आफ्ना स्वर्गीय माता पिताको स्मृतिमा बिद्यालयको जिर्ण भएको मूल प्रवेश द्वार ( मूल गेट ) पुनःनिर्माण कार्यका लागि लाग्ने सम्पुर्ण खर्च आफैले गरी पुनः निर्माण सम्पन्न गरिदिने प्रतिवद्वता अनुरुप मातृ दिवसको अवसर पारी गेट निर्माणको शिलान्यास कार्य भएको हो । वि व्य स अध्यक्ष रेशम व पाख्रिन द्वारा गरिएको उक्त शिलान्यास कार्यक्रममा चामुना देवी आ वि का अध्यक्ष मधुराम कार्की , वडा सचिव निम व कार्की , ई सुवास नेपाल , बिद्यालयका सम्पूर्ण शिक्षक कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो। पण्डीत बिचारीप्रसाद प्याकुरेल पुरोहितको भूमिका निर्वाह गर्नुभएको थियो ।
बिद्यालय प्रवेशको पहिलो नजरमा पर्ने मूल प्रवेश द्वार निर्माणको जिम्मा लिनुहुने समाजसेवी व्यक्तित्व कुमार वि क ज्यु प्रति हामी बिद्यालय परिवार ल ले हार्दिक सम्मान गर्दछ भन्दै बिव्यस अध्यक्ष पाख्रीनले बिद्यालय को भौतिक तथा शिक्षा बिकासका लागी सबै पक्ष बाट सहयोगका हार्दीक अनुरो गर्दछु भन्नु भयो । यसै बिच उक्त बिद्यालयले एक समारोहका बिच अध्यक्ष पाख्रीन द्धारा २०८०को समेत बिद्यालय शैक्षिक क्यालेण्डर बितरण गराएको छ। बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष पाख्रीनले क्यालेन्डर बितरण गर्दै क्यालेण्डरका आधारमा शिक्षा सिकाइमा सबै लाग्न पर्ने बताउँनु भयो ।
