सम्पर्क

महाबिर पुनको अनशन राजनितीक समर्थन ऐक्यबद्धता

स्वदेसी उत्पादनलाइ मान्यता दिन लगाएत बिभिाँ मागहरु राखी माइतीघरमा अनशन बस्नु भएका महाबिर पुनको आन्दोलनलाइ बिभिन्न राजनिती दलका नेताहरु, समाजीक सघ सस्थाहरुले ऐक्यबद्धता जनाएका छन । राप्रपाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनले शुरु गरेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रममा समर्थन र ऐक्यबद्धता प्रकट गरेको छ। पार्टीका निर्देशन समितिका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपाको टोलीले धर्ना स्थलमा पुगेर पुन र धर्नारत आविष्कार केन्द्रको टोलीलाई भेटेर आफ्नो संस्थागत समर्थन जनाएको राप्रपाको नेतृ बागमती प्रदेस सभा सदस्य माननीय कुमारी तामागंले जानकारी दिनु भयो । उँहाका अनुसार धर्ना स्थलमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्षहरु, अन्य पदाधिकारीहरु, संघ र प्रदेशका उपलब्ध सांसदहरू, भातृ संगठनका पदाधिकारी तथा सदस्यहरुको समुह समेत कार्यक्रम स्थल पुगेर ऐक्यबद्धता जनाएको हो । यसै गरी नेपाल कम्युनिष्ट पाटी पुनको मागलाई समर्थन जनाउदै धर्नाप्रति ऐक्यवद्धता जाहेर गरेको छ । नेकपाले बिज्ञेप्ती प्रकाशन गरी विकासको पूर्वाधार विज्ञान र प्रविधिलाई प्रवर्धन गर्न निजी क्षेत्रबाट योगदान पुर्याउन उत्साह, ऊर्जा र मेहनतकासाथ काम गरिरहेका महाबीर पुनलाई राज्यले सहयोग गर्नु विज्ञान र प्रविधिको क्षेत्रमा थप टेवा दिनु र देशलाई सही दिशामाा अघि बढाउन मद्दत गर्नु हो भन्ने नेपाल कम्युनिष्ट पार्टीको स्पष्ट धारणा छ । अध्ययन अनुसन्धानमाा तल्लिन हुनु पर्ने प्रतिभाहरुले उचित काम गर्ने वातावरण बनाउन र सहयोग गर्न राज्यले सकेमा रोजगारी पैदा गर्न, देशलाई आफ्नै खुट्टामा खडा गर्न र समुन्नत तुल्याउन मद्दत पुग्ने कुरामा सरकारको गम्भी ध्यान जओस् र महाबीर पुनलाई सहयोग गर्नु देशलाई नै सहयोग गर्नु हो भन्ने जिम्मेवारी सरकारले बोध गरोस् भन्ने कुरामा पार्टी विशेष जोड दिन चाहन्छ भनीएको छ । त्यस्तै रास्वपाका नेताहरुले पनी समर्थन गरेका छन रास्वपाका अध्यक्ष तथा माननिय रबी लामीछानेले पनी पुनको आन्दोलनको समर्थन जनाउँनु भएको छ। “अनुसन्धान, नबप्रबर्तन र आविष्कार कोष“ खडा गर । अनुसन्धान र नबप्रबर्तनको लागि हरेक बर्ष बिकास बजेटको १ प्रतिशत रकम छुट्याऊ ।प्रतिभाशाली सन्ततिहरु लाई आबश्यक अनुसन्धान, नबप्रबर्तन र आविष्कार गर्न सहयोग गर । “अनुसन्धान, नबप्रबर्तन र आविष्कार प्रबर्धन, सन्चालन तथा खरिद ऐन“ बनाउ । स्टार्ट अपहरुलाई प्रोत्साहन गर्ने कानुन बनाऊ । नवउद्यमीहरुलाई हतोत्साह नगर ।. उद्यमशीलताको बिकास गर्न “नव उद्यमी पहिचान र प्रबर्धन समिति“ बनाउ । व्याबहारिक अनुसन्धान लाई प्रबर्धन गर्न “व्याबहारिक अनुसन्धान र नबप्रबर्तन बिभाग“ खोल । यात्री मोटरसाइकललाई तुरुन्त लाइसेन्स प्लेट दिने ब्यबस्था तुरुन्त गर ।. पुरानो गाडीहरुलाई विद्युतीय गाडी बनाउने र चलाउने अनुमति देउ । सृजनशील नेपालीहरुले निर्माण गरेको सामानहरुलाई थप बिकास गर्न सहयोग गर । भन्ने नाराका साथ आन्दोलन भइरहेको छ ।