बैंकिङ कसूर मुद्दाका एकजना फरार प्रतिवादीलाई काठमाडौंको बौद्धबाट प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका.वडा नं.१ बस्ने वर्ष ४९ को गोकुल प्रसाद चौलागाईलाई प्रहरीले शुक्रबार पक्राउ गरेको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामकुमार यादवले बताउनुभयो ।
उहाँलाई २०७६ माघ २६ गतेको फैसलाले वैकिङ कसूर मुद्दामा बाह्र दिन कैद र पन्ध्र लाख जरिवाना सुनाएको थियो । उनलाई फैसला कार्यान्वयनका लागि आईतबार नै सिन्धुपाल्चोक जिल्ला अदालत पेश गरि कैद जरिवाना सजाँय असुल उपरका लागि जिल्ला कारागार कार्यालय चौतारा चलान गरिएको प्रहरीले जनाएको छ ।
