सम्पर्क

मखमल र परालको जुत्ता बुन्ने तालिम सम्पन्न

मेलम्चीमा मखमल र परालको जुत्ता बुन्ने तालिम मेलम्चीमा सोमबार सम्पन्न भएको छ । सिप सिकौं रोजगार बनौं भन्ने नाराका साथ सुरु भएको तालिम मेलम्ची नगरपालिकाको आयोजनामा सुरुभएको एकल महिलाहरूलाई मखमल र परालको जुत्ता बन्ने तालिमको समापन गर्नुहुँदै नगर प्रमुख तामाङले एकल महिलाहरुको आर्थिक क्षमता बढाउनका लागि यो कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले तालिमको लागि मात्र तालिम नभएर सिकेका कुरालाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख तामाङले एकल महिलालाई आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले लगानी गरेको भन्दै बजारको ब्यबस्थापनका लागि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । तालिममा नगरपालिकाका प्रशासकिय अधिकृत झपेन्द्र खरेलले सिप सिकेर आत्मनिर्भर बन्न तालिमले सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले सिकेका कुराहरुलाई निरन्तरता दिदैं आफ्नो जिवनको आर्थिक पाटोलाइ बलियो बनाउन आग्रह गर्नुभयो । उहाँले आफ्नै गाउँ घरको उत्पादन परालबाट जुत्ता बनाएर बेच्न सकेमा बाहिर बाट आउने प्लास्टिकको जुत्ता खरिद गर्न नपर्ने बताउनुभयो । एकल महिला सञ्जालकी उपाध्यक्ष सुकुमाया गुरुङको अध्यक्षतमा भएको कार्यक्रम नगरपालिकाकी कर्मचारी अम्बिका डोटेलले सञ्चलान गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण सुलेखा कर्मचार्यले गर्नुभएको थियो भने तालिममा २० जना एकल महिलाहरुको सहभागिता रहेको थियो ।तालिमको गत ५ गते उपप्रमुख उमा प्रधानले उद्घाटन गर्नुभएको थियो ।