सम्पर्क

माननीय खड्का र मेयर बस्नेतद्धारा क्यान्सर र मृर्गौला पिडीतलाइ सहयोग

बागमती प्रदेश सभा संसद माननीय मसिना खड्का भण्डारी ले क्यान्सर पिडित पुनु तामाङलाई रु ५१०००।  सहयोग गर्नु भएको छ।सिन्धुपाल्चोक जिल्ला क्षेत्र न . १ लिसंखुपाखार गाउँपालिक वडा न. ५ निवासि ४२ बर्षिया क्यान्सर पिडित पुनु तामाङलाई माननीय खड्काले नेपाल सरकारबाट प्राप्त गर्नू भएको १ महिना महिनाको तलब भत्ता रु ५१०००÷– ( अक्षेरुपी रु एकाउन्न हजार ) रुपैया क्यान्सर पिडितलाई आर्थिक सहयोग गर्दै विरामीको स्वास्थ्य लाभको कामना गर्नु भएको छ । यसै बिच बाह्रबिसे न पा वडा नं ४ पलायो निवास मसलि पाठकको छोरा उत्तम पाठक को दुबै मृगौला फेल भएकोमा पाठक को मृगौला प्रत्यारोपणको लागि बाह्रबिसे न पा द्वारा रु एक लाख को चेक हस्तान्तरण गरिएको छ। नगर प्रमुख बालकृष्ण बस्नेत ले वडा नं –४ को वडा अध्यक्ष शेखर भन्डारीले पाठकलाइ उक्त चेक हस्तानन्तरण गर्नु भएको हो ।