सम्पर्क

स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आवश्यक रहेको छ ः बस्नेत

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरअस्पतालमा शुक्रबार सुविधा सम्पन्न एम्बुलेन्स हस्तान्तरण गर्दै सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सांसद मोहनबहादुर बस्नेतले यस्तो बताउनुभएको हो । स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार आवश्यक रहेकोले यसको सुरुवात भईसकेको बताउनुभयो । त्यसको सुरुवात भइसकेको र शिक्षा, स्वास्थ्य, खानेपानी, पुलपुलेशा, बाढीबाट क्षतिग्रस्त संरचना पुननिमार्ण लगायतको काममा आफु निरन्तर लागिरहेको भन्दै अब विकासको कार्यले गतिलिने बताउनुभयो । सांसद बस्नेतले अब छिट्टै पुल निमार्णका लागि टेण्डर आह्वान हुने भन्दै समयमै पुल बन्ने कुरामा ढुक्क हुन समेत आग्रह गर्नुभएको छ । पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले सिन्धुपाल्चोकको विकासको लागि आफुले जस्तोसुकै परिस्थितिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
यस्तै कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिङ लामाले बाढीबाट क्षति पुगेका संरचना पुननिर्माणका लागि आफुले सकेको सहयोग गर्ने बचन दिनुभयो । उहाँले बागमती प्रदेशबाट मिल्ने र भ्याएसम्मको बजेट यहाँको विकासको लागि विनियोजन गर्ने बताउँदै अब तिनै तहको सरकार मिलेर काम गर्ने बताउनुभयो । कार्यक्रममा ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले आफ्नो मन्त्रालय बाट यसक्षेत्रको विकासका लागि विभिन्न क्षेत्रमा बजेट विनियोजन गर्ने कुरामा आफु प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रमका सभापति एवम् मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरभित्रका जटिल समस्याका बारेमा जानकारी गराउँदै नगरपालिकाले गरिरहेका कामका बारेमा जानकारी गराउनुभयो । उहाँले मेलम्चीमा बेलिब्रिजको आवश्यकता रहेको बताउँदै असार भित्रै पुल बन्नपर्नेमा जोड दिनुभयो । नगरप्रमुख तामाङले नगरअस्पताल सञ्चाल गर्दा निकै चुनौती रहेको बताउँदै आवश्यक बजेट विनियोजन गरि समस्या समाधान गर्न सहयोग गर्न प्रदेश मन्त्री तथा सांसदहरुको ध्यानाकषर्ण गराउभयो । तामाङले नगरपालिकाले गरिरहेको र गर्न बाँकि रहेका विकास निमार्णको काम सम्पन्न गराउन बजेटको अभाव हुन नदिन समेत आग्रह गर्नुभयो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृतकुमार धितालले सञ्चालन गर्नुभएको कार्यक्रम नगरअस्पताल सञ्चालन समितिका अध्यक्ष एवम् वडा नम्बर ११का वडा अध्यक्ष चन्द्रबहादुर तामाङले स्वागत मन्तब्य राख्नुभएको थियो भने अस्पतालका डाक्टर श्रीराम अर्यालले समस्या,चुनौती, आवश्यक जनशक्तिका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा प्रदेश सांसद कृष्णकुमार तामाङ समिर,नगर उपप्रमुख उमा प्रधान,हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा लगायत अन्य जनप्रतिनिधि र स्थानियको उपस्थिति रहेको थियो ।