देवराज सुवेदी
नेपाल माझी उत्थान संघ सिन्धुपाल्चोकको चौथो संयुक्त जिल्ला अधिबेशन बुधबार झ्याडी नमुना बस्ती चौतारा साँगाचोकगढी नगरपालिका १४ मा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि नेपाल माझी उत्थान संघ केन्द्रिय उपाध्यक्ष चिनिमाया माझीले माझी समुदायले आफ्नो पहिचान जोगाउदै आय आर्जनमा जोडिनु पर्ने बताउनुभयो । उहाँले माझी समुदायको उत्थानमा लाग्न नयाँ कार्यसमितिलाइ आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल माझि महिला उत्थान सघंकी केन्द्रिय अध्यक्ष रिता माझि, आदिवासि जनजाति महासघं सिन्धुपाल्चोकका उपाध्यक्ष हरिकुमार श्रेष्ठ लगायतले आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरुको तर्फबाट शुभकामना मन्तव्य राख्दै इन्द्रावती गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष राम जी माझिले माझिहरु एक जुटहुन सकेमा मात्र विकास हुने बताउनुभयो । उहाँले अझैपनि चेतनाको कमि रहेको उल्लेख गर्दै सिर्जनात्मक काममा लाग्न आग्रह गर्नुभयो । अधिवेशनले अमृत माझिको अध्यक्षतामा १४ सदस्सयीय समिति गठन गरेको छ । समिको उपाध्यक्षमा सुकुमाया माझि,सचिवमा सानुकाजि माझि, कोषाध्यक्षमा जित बहादुर माझि, सहसचिवमा सर्जिप माझि चयन गरेको पत्रकार केदार माझिले जानकारी दिनुभयो । समितिको सदस्यहरुमा कुमार माझि,अमन माझि,मिलन माझि,संगिता माझि,प्रेम बहादुर माझि,अमृत माझि,कञ्चन माझि र मेनुका माझिलाई चयन गरेको नवनिर्वाचित जिल्ला सदस्य कुमार माझिले जानकारी दिनुभयो । अधिवेशनले नेपाल माझि महिला उत्थान सघं जिल्ला कार्यसमिति समेत चयन गरेको छ । समितिको अध्यक्षमा तारा माझि,उपाध्यक्षमा मञ्जु माझि, सचिवमा जुना माझि, सहसचिवमा सिता माझि, कोषाध्यक्षमा प्रतिमा माझि चयन गरेको पत्रकार केदार माझिले जानकारी दिनुभयो ।
सदस्यहरुमा सरिता माझि, संगिता माझि, फुलमाला माझि, सिता माझि, गोपीनी माझि, संगिता माझि चयन हुनुभएको पुर्ण माझिले जानकारी दिनुभयो । त्यस्तै माझि विद्यार्थी सघंमा दिनेश श्रेष्ठको अध्यक्षतामा १३ सदस्सिय कार्यसमिति चयन गरिएको छ । समितिको उपाध्यक्षमा संगिता माझि, सचिवमा विवेक माझि, सहसचिवमा रुपक माझि,कोषाध्यक्षमा प्रतिमा माझि, सदस्यहरुमा निशा माझि, सुमन माझि, अनिल माझि, दिलिप माझि, रुपेश माझि,रोजिना माझि,रुपक माझि र दिपशन माझि चयन गरिएको पत्रकार केदार माझिले जानकारी दिनुभयो । निवर्तमान अध्यक्ष बल बहादुर माझिको अध्यक्षतामा भएको कार्यक्रमा माझि समुदायका नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
