सम्पर्क

सवारी चालक थापाको स्वास्थ्यउपचारमा कुनै अभाव हुन नदीने मोहन बस्नेतको उद्धघोष

लामिछानेका सवारी चालक थापाको स्वास्थ्यउपचारमा कुनै अभाव हुन नदीने नेपाली काँग्रेसका केन्द्रीय सदस्य माननीय मोहन बहादुर बताउँनु भएको छ । उँहाले पहीले नागरक बचाउ अनी राजनिती गर भन्ने नारा सहीत जस्तो सुकै अबस्थामा पनी उपचारमा सहयोग गरिरहनुभएको र यस पटक पनी थापाको स्वास्थ्य स्थिती बारे जानकारी लिदै उपचारमा कुनै पनी कमी हुन नदीने बताउँनु भएको हो ।   सोमबार राति चितवनमा घाइते भएका सिन्धुपाल्चोक बाह्रविसेका दिलबहादुर थापाको पछिल्लो स्वास्थ्यस्थिति बुझ्न र आवश्यक सहयोग गर्न सिन्धु पाल्चोक जिल्ला क्षेत्र नं २ प्रतिनीधसभा सदस्य माननीय मोहनबहादुर बस्नेत मङ्गलबार चितवनस्थित पुरानो मेडिकल कलेज पुग्नु भएको हो र साथमा प्रदेस सभा सदस्य माननीय मसिना खड्का बाह्र्बिसे नगर पालिका प्रमुख बालकृष्ण बस्नेत समाज सेवी नेपाली कााग्रेसका युवा नेताहरु युधिर पौडेल , रामकुमार थापा लगाएत का प्रतिनिधीहरुका साथ कलेज मा पुगेर उपचाररत थापाको स्वास्थ्यस्थिति बुझ्नका साथै साँसद बस्नेतले उपचारमा संलग्न चिकित्सकहरुसँग उँहाको अबस्थाका बारेमा छलफल गर्नू भएको हो। सांसद बस्नेतका अनुसार घाइते थापाको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेकोेछ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक चितवनको भरतपुरस्थित घरको तीन तला माथिबाट तल खसेको अवस्थामा फेला परेका छन् ।सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा सोमबार बिहान ४ बजे घरको छतबाट तल भुइँमा खसेको अवस्थामा भेटिनु भएको थियो । अस्पतालका डा मनोज प्रधानका अनुसार गम्भीर घाइते थापाको टाउको र खुट्टामा चोट लागेको छ । उँहाकाृ अबस्था पहीलेको भन्दा सुधार भएको छ । सफलतामा पुग्न कम्तीमा पनी पचास प्रतिशत भन्दा माथी हुन पर्ने भए पनी अस्पताल आउँदा ५ प्रतिशत भएकोमा अहीले ३५प्रतीशत सुधार भएकोले अबस्था सुध्रीदै गएको बताउँनु भयो । थापा रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक कालुराम राजवंशीसँगै राति छतमा सुतेका जनाइएको छ । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । यस अघी बाह्र्रबिसे नगरपालिका वडा नं ३ले सिघ्र स्वास्थ्य लाभको कामना गर्दै निश्पक्ष छानबिनको माग गरेको छ ।