सम्पर्क

जालबारीमा प्रसुती सेवा केन्द्रको उद्घाटन

गोपाल गदाल

सिन्धुपाल्चोक बलेफी गाउपालिका –६ जालबारीमा आधारभुत स्वास्थ्य चौकी तथा प्रसुति केन्द्रको उद्घाटन गरिएको छ । सोमबार बागमती प्रदेश सभा सदस्य अमृता नेपाल प्रभाको प्रमुख आतिथ्य र बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङको विशेष आतिथ्यमा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका अनुप अधिकारी, बलेफी गाउँपालिका उपाध्यक्ष सरु लामा, बलेफी गाउँपालिका स्वास्थ्य साखा प्रमुख चेतन घिमिरे, बलेफी गाउपालिका वडा नं. ६ का वडा अध्यक्ष तेज बहादुर पराजुली लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी अमृता नेपालले प्रसुती सेवा केन्द्रले यस क्षेत्रमा गर्भवती महिलाहरुले प्रसुती सेवाको लागी अन्य क्षेत्रमा पुग्नु पर्ने समस्याबाट छुटकारा पाएको हुदाँ लामो दुरीका प्रसुती केन्द्रमा लादा आमा र बच्चालाई हुने खतरा समेत अब नहुने भएको हुदाँ खुसी व्यक्त गर्नुभयो । नेपालले प्रसुती सेवा केन्द्रलाई थप आवश्यक पर्ने कुराहरुलाई सहयोग तथा पहल गर्ने बताउनु भयो । साथै बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले प्रसुती सेवा केन्द्रसँगै उक्त केन्द्रसम्म पुग्ने बाटोमा सुधार तथा केन्द्र लक्षित एम्बुलेन्स सेवा समेत उपलब्ध गराउन सहयोग गर्ने बताउनु भयो ।