सम्पर्क

मखमल र परालको जुत्ता बन्ने तालिम सुरु

सिप सिकौं रोजगार बनौं भन्ने नाराका साथ मेलम्ची नगरपालिकाले एकल महिलाहरूलाई मखमल र परालको जुत्ता बन्ने तालिम आयोजना गरेको छ । तालिमको मंगलबार उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले एकल महिलाहरुको आर्थिक क्षमता बढाउनका लागि यो कार्यक्रम आयोजना गरिएको भन्दै तालिमको लागि मात्र तालिम नभएर सिकेका कुरालाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले एकल महिलालाई आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले लगानी गरेको भन्दै गरेको लगानी खेर जान दिन नहुने बताउनुभयो । तालिममा नगरपालिकाका प्रशासकिय अधिकृत झपेन्द्र खरेलले सिप सिकेर आत्मनिर्भर बन्न तालिमले सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । ध्यान दिएर सिकेर आफ्नो जिवनको आर्थिक पाटोलाइ बलियो बनाउन आग्रह गर्नुभयो । उहाँले आफ्नै गाउँ घरको उत्पादन पराल बाट जुत्ता बनाएर बेच्न सकेमा बाहिर बाट आउने प्लास्टिकको जुत्ता आयात गर्न नपर्ने बताउनुभयो । १५ गते सम्म सञ्चालन हुने तालिमको रमेश श्रेष्ठ र रिता श्रेष्ठले सहजिकरण गर्ने कर्मचारी अम्बिका डोटेलले जानकारी दिनुभयो ।