सम्पर्क

सुरक्षाको बैठक १८गते देखी तातोपानी नाका सञ्चालमा आउँने

नेपाल र चीन को सिमामा रहेको सिमा सुरक्षा समितीको बैठक बसेको छ । सिमा तर्फको बैठकले २०८० साल वैशाख १८ गतेबाट तातोपानी नाका पुर्ण रुपमा सुचारु÷संचालनमा ल्याउँने निर्णय गरेको छ यो निर्णय सँगै अब तातोपानी नाका नियमित रुपमा सुचारु ह्ुने भएको छ । २०७२ सालको भूकम्प, त्यस लगत्तै आएको भोटेकोसी बाढी र पछिल्लोपटक कोरोना महामारीका कारण उतरी ब्यापारीक नाका तातोपानी कहिले खुल्ने त कहिले बन्द हुँदै आएको थियो । कोरोना महामारीको संक्रमण घटेसँगै चीन सरकार नाका पूर्ववत् रुपमा नै सञ्चालन गर्न तयार भएको हो ।४ गते सोमबार नेपाल तर्फका सुरक्षा निकायका प्रतिनिधी र मित्र राष्ट्र चिन तर्फका सुरक्षा निकायका प्रतिनिधिहरुको बिच सीमा नाका व्यवस्थापन, अपराध नियन्त्रण तथा अन्य समसामयिक विषयमा सिमा सुरक्षा सम्बन्धी Counter Parts Meeting मा समेत नाका सञ्चालन गर्ने निर्णय भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका , सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामकुमार यादवले जानकारी दिनुभयो ।उँहाका अनुसार उक्त बैठकले मौखिक रुपमा दुवै देशबिच कोभिड संक्रमण सम्बन्धी सावधानी अपनाउने तथा सुचना सम्प्रेषण गर्ने निर्णय गरेको छ । यस्तै अन्तर्देशीय सिमना सुरक्षा ब्यवस्था अझ मजबुद बनाउने, अपराध नियन्त्रण र न्युनिकरणमा संवेदशील रहि आवश्यकता अनुसार संयुक्त तालिम, गस्ती गर्ने ,थप चेक प्वाइन्ट राखी कडा चेक जाँचको ब्यवस्था मिलाउने ,सिमा सुरक्षा सम्बन्धी सम्पुर्ण सुचना तत्कालै आदान प्रदान गर्ने ,निर्णय भएको छ । बिगतमा भए जस्तै आगामी दिनहरुमा समेत आपसी सुरक्षा सम्बन्धी काम कारवाहीमा सहयोग र समन्वयात्मक कार्यमा अझ बढी संवेदशील रहि सुरक्षा ब्यवस्थालाई मजबुद बनाउने बारे निर्णय गरीएको प्रहरी नायव उपरीक्षक यादवले जानकारी दिनु भयो ।