सम्पर्क

ब्रेकिङ न्युज २

आज धान दिवस मनाइँदै

ब्रेकिङ न्युज २, समाचार
आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ । मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउर...

राष्ट्रिय बृक्षरोपण दिवसको अवसरमा तौथलीमा वृक्षरोपण

ब्रेकिङ न्युज २, समाचार
पृथ्वीजंग पाण्डे / पिस्कर राष्ट्रिय बृक्ष रोपण दिवस तथा हरिशयनी एकादशी तुलसी रोप्ने दिनको अवसर पारेर बिहिवार त्रिपुरासुन्दरी गाउँपालिका वडा न ५ तौथलीमा वृक्षरोपण गरिएको छ । गाउँपालिका वडा न ४ पिस्करका वडा अध्यक्ष टेकबहादुर गुभाजु र वडा न ५ तौथलीका वडा अध्यक्ष यादप श्रेष्ठले वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्नुभएको हा े। जिल्ला बन डिभिजन कार्यालय सिन्धुपाल्चोकको सहयोगमा तौथलीका सामुदायिक बनसमितिका पदाधिकारीहरु तथा स्थानीयको उपस्थिति रहेको थियो । विभिन्न जातका फलफुलका बिरुवाहरु दाँते ओखर,सुन्तला,कागती र अन्य गरि कुल २५ सय विरुवाहरु वृक्षरोपण गरिएको हो।सार्वजनिक खाली जग्गामा वृक्षरोपण गर्दा पर्यटकीय तथा धार्मिक क्षेत्र तौथलीमा अझै सुन्दरता थपिने विश्वास जिल्ला वन कार्यलय र तौथलीका सामुदायिक वन समितिले लिएको छ । कुनैपनी सेवा सुविधा नलिने घोषणा गरेका वडा अध्यक्ष दोय गुभाजु र श्रेष्ठले बाटो बि...

बेचबिखनले बदनाम इचोक गाउँको परिचय बदलियो

ब्रेकिङ न्युज २, समाचार
रुपक पुरी सिन्धुपाल्चोकको इचोक गाउँ । यो गाउँ केही वर्षअघिसम्म युवतीविहीन थियो । छोरीहरु रोजगारीको नाममा मुम्बईका कोठीमा बेचिन बाध्य थिए । दलालहरु घरघर पुगेर छोरी–चेली फकाइफुल्याइ आकर्षक रोजगारी मिलाइदिन्छु भन्दै भारत लैजान्थे । बाबुआमा आफैँ छोरीचेलीलाई दिल्ली र बम्बई पठाउँथे । घरमा टिनको छानो हाल्न होडबाजी चल्थ्यो । अशिक्षित अभिभावकलाई विश्वास थिएन कि आफ्ना चेली बेचिएलान् भनेर । आकर्षक तलब पाउने आशमा युवती गाउँ रित्तै हुने गरी विदेश गए । बाबुआमाले समेत मनग्ये धन कमाएर फर्किन्छे र घरमा टिनको छाना हाल्न पाइने आशमा छोरीलाई विदेश पठाए । दिल्ली र मुम्बई पुगेका केही चेली फर्किए । केहीले समाजको देखासिकीमा टिनको छानो हाले पनि । तर, मुग्लानपारिको देशमा पुगेकामध्ये कतिपय उतै बेचिए । कोही नारकीय जीवन बिताउन बाध्य भए । कतिपय नेपाली चेली दर्दनाक पीडा खेप्दै विदेशमै अलपत्र परे । यो क्रम धेरै वर्...
किसानलाई प्रोत्साहन गर्न दुध बोक्ने क्यान वितरण

किसानलाई प्रोत्साहन गर्न दुध बोक्ने क्यान वितरण

ब्रेकिङ न्युज २, समाचार
चौतारा सागाचोकगढी नगरपालिका–८ को वडा कार्यालयले २७ जना किसानलाई दुध बोक्ने बाल्टी (क्यान) वितरण गरेको छ । बुधबार वडा भित्रका पशुपालक किसानलाई प्रोत्साहन गर्ने र दुध बिक्री गर्न सहज होस भन्ने उद्देश्यले क्यान वितरण गरिएको वडाध्यक्ष अमृत दंगालले जानकारी दिनुभयो । वडाको वार्षिक योजनाबाट पशुपालनमा संलग्न किसानलाई क्यान वितरण गरिएको र छुटेका थप किसानहरुले पनि पाउने अध्यक्ष दंगालले बताउनुभयो । आफूहरुले दुध बोक्ने क्यान पाएपछि किसान खुसी भएका छन् । किसानको पहिचान गरि वडा कार्यालयले क्यान दिएकोमा चौतारा सागाचोकगढी नगरपालिका–८ ईर्खुका किसान कुमा कुमारी कार्किले खुसी व्यक्त गर्नुभयो ।...

लघुवित्त बैकर्स संघद्धारा बुझाईयो ज्ञापन पत्र

ब्रेकिङ न्युज २, समाचार
सिन्धुपाल्चोकको लघुवित्त बैकर्स संघद्वारा जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । बिभिन्न स्थानमा लघुवित्त संस्था बिरूद्द भैरहेको आक्रमणको निन्दा गर्दै मञ्चले जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकमा ज्ञापनपत्र बुझाएको हो । यही ब्यवहारका बिचमा लघुवित्त संस्थाहरूले काम कारवाही गर्न नसक्ने भन्दै प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको हो । संस्थाका कर्मचारीहीलाई कालोमासो दल्ने, अपमान गर्ने जस्ता कार्यको निन्दा र भर्त्सना गर्दै तत्काल दोषीलाइ कारवाही गरेर सुरक्षाको ग्यारेन्टी गरिदिन समेत ज्ञापनपत्रमा माग गरिएको लघुवित्त बैकर्स संघ सिन्धुपाल्चोकको अध्यक्ष रेखा खयरगोलीले जानकारी दिनुभयो । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले अपराधिक गतिबिधी नियन्त्रणमा संवेदनशिल हुने बताउनुभएको छ । उहाँले भन्नुभयो निर्धक्कका साथ काममा जुटनु केही समस्या कहीकतै देखिएको खन्डमा क्षणभरमै...

भूमी अधिकार मञ्चद्धारा गुठी समस्या समाधानका लागी ध्यानाकर्षण

ब्रेकिङ न्युज २, समाचार
रुपक पुरी /चौतारा भूमी अधिकार मञ्च सिन्धुपाल्चोकले तार्केघ्याङ लगायत जिल्लामा रहेका अन्य गुठीहरुको समस्या तत्काल समाधानका गर्न जिल्ला मालपोत कार्यालय समक्ष माग गरेको छ । तार्केघ्याङ गुठीको नाममा पुजारीले कुतबापतको तिरो लिने र मालपोतले नविकरण नभएको भन्दै दोहोरो कर लिदाँ किसानहरु समस्यामा परेको भन्दै भूमी अधिकार मञ्च सिन्धुपाल्चोकका अध्यक्ष नवराज गजुरेल , उपाध्यक्ष पातली थामी सहितको टोलिले मालपोत कार्यालयका प्रमुख चण्डीप्रसाद कोईरालाई भेटेर ध्यानाकर्षण गराएको छ । आफुहरु गुठी सँस्था, नापी बिभाग र भुमिसुधार मन्त्रालय बारम्बार धाएपनि सबैबाट झुटो आश्वासनबाहेक केही पनि नपाएको भूमी अधिकार मञ्च सिन्धुपाल्चोकका अध्यक्ष गजुरेलले गुनासो गर्नुभयो । गुठीपीडितले धर्म संस्कृति जोगाउने नाममा आफूहरु अन्यायमा परेको भूमी अधिकार मञ्च सिन्धुपाल्चोकको उपाध्यक्ष पातली थामीले बताउनुभयो । सिन्धुपाल्चोकमा प्रमा...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शाखारहित बैंकिङ्ग सेवा सिम्पानीमा

ब्रेकिङ न्युज २, समाचार
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रमा शाखारहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढि नगरपालिका – ४ कुविण्डे सिम्पानीगाउँबाट शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । आईतबार एक कार्यक्रमको आयोजना गर्दै दिपेन्द्र सुवेदीलाई प्रतिनिधि नियुक्त गरिएको हो । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०६ पुगेको छ । बैंकले व्यवसायिक प्रतिनिधिलाई स्थानियस्तरमा शाखारहित बैंकिङ्ग सेवा उपलब्ध गराउने प्रयोजनको लागि आवश्यक विद्युतीय उपकरण उपलब्ध गराएको र व्यवसायिक प्रतिनिधिले बैंकले उपलब्ध गराएको विद्युतीय उपकरणको माध्यमबाट स्थानीय ग्राहकहरुलाई नगद कारोवार संग सम्वन्धित खाता खोल्न, बचत स्वीकार गर्ने, रकम भुक्तानी दिन, खाता ब्यालेन्स सोधपुछ र खाता विवरण प्रिण्टिङ्ग, एक खाता बाट अर्को खातामा रकम ...

मेलम्चीले ल्यायो १ अर्व ४४ करोड ९५ लाख बढिको बजेट

ब्रेकिङ न्युज २, समाचार
मेलम्ची नगरपालिकाले आर्थिक वर्ष ८०÷८१ का लागि १ अर्ब ४४ करोड ९५ लाख ३९ हजार ६ सय रुपैयाँको बजेट विनियोजन गरेको छ । शनिवार नगरपालिकाको नगरसभाको १४औें अधिवेशन सम्पन्न गर्दै सर्वसम्मत बजेट पारित गरेको हो । वडाको बाह्रै महिना यातायात योग्य सडक संजाल जोड्न ७ करोड, एक वडा एक बहुआयामिक सामुदायिक भवन निर्माणका लागि ः१ करोड ५० लाख विनियोजन गरिएको छ । कृषि उत्पादनमा बृद्धि गर्ने नीति बमोजिम २५÷७५ साझेदारि सिंचाइ कुलो १ करोड ५० लाख र एक घर एक धारोको लागि १ करोड मेलम्ची नगरपालिकाको चौधौ नगरसभाबाट पारित भएको छ । कृषि आधुनिकिकरण व्यबसायिक पकेट क्षेत्र विस्तार गर्ने नीति अनुरुप १ करोड ४० लाख पशु सेवा अन्तर्गत पशु विमा, सुत्केरी पशुका लागि पौष्टिक आहारा लगायतका कार्यक्रमका लागि १ करोड १७ लाख, स्वास्थ तथा आयुर्वेदका लागि ३ करोड १९ लाख ७३ हजार युवा शिक्षा, खेलकुद अन्तर्गत बालबिकास कर्मचारीको सुविधा वृद्धि...

आकस्मिक तयारीका लागि सधैँ चनाखो हुनुपर्छः स्वास्थ्यमन्त्री बस्नेत

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आकस्मिक तयारीका लागि सधैँ चनाखो हुनुपर्ने बताउनुभएको छ । आकस्मिक चिकित्सकीय समूहको कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले आकस्मिक तयारीका लागि सबै पक्ष सधैँ चनाखो हुनुपर्छ भन्नुभयो । “आकस्मिक तयारीका लागि हामी सधैँ चनाखो हुनुपर्छ । यो कुनै एक ठाउँमा मात्रै हुने कुरा हैन तसर्थ मुलुकको सबै क्षेत्रलाई ध्यानमा दिएर विपत्ति न्यूनिकरणका लागि पूर्व तयारी गर्न आग्रह गर्दछु”, मन्त्री बस्नेतले भन्नुभयो । उहाँले संविधान प्रदत्त स्वास्थ्यको अधिकारलाई सुनिश्चित गर्न लाग्नुपर्नेमा ध्यान दिन स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभएको छ । विश्वस्वास्थ्य सङ्गठन नेपाल प्रमुख डाक्टर राजेश सम्भाजी राव पाण्डवले इएमटी देश र जनतालाई विपत्ति परेको समयमा तुरुन्तै प्रभावकारी सेवा प्रदान गर्नका लागि बनेको एउटा समूह भएको बताउनुहुँदै यो समूह समयमै समन्वय गरेर आपत्कालीन अवस्...

हेलम्बुमा अन्तराष्ट्रिय बालअधिकारकर्मीहरुको छलफल

ब्रेकिङ न्युज २, समाचार
हेलम्बु सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा बालबालिकाहरुको अभिभावकिय हेरचाह सम्बन्धी त्रिदेशीय अनुभव आदानप्रदानका लागि नेपाल सहित केन्या र डेनमार्कको बालअधिकारकर्मीहरुको समुहले भेटघाट तथा छलफल गरेको छ । बालबालिकाहरुको क्षेत्रमा काम गरिरहेका तीन देशका प्रतिनिधि टोलीले १० दिने भ्रमणको क्रममा हेलम्बु गाउँपालिकाको समेत भ्रमण गरेको हो । सो छलफलमा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँपालिकाले बालबालीकाको सर्वोत्तम हितको लागि निर्माण गरेका नितीहरु तथा सम्पादन भएका कार्यहरुको व्याख्या गर्नुभएको थियो । गाउँपालिकाले १० वर्षभन्दा कम उमेरका बालबालीकाहरुलाई छात्राबासमा नराख्ने निती लिएको अध्यक्ष शेर्पाले बताउनुधयो । सन् २०२१ मा आएको मेलम्ची बाढी तथा कोभिड १९ कारण विद्यालयहरु करिब २ बर्ष बन्द हुँदा बालबालीकाको सिकाइ स्तर खस्किएको र यस चुनौतीलाई सम्बोधन गर्न गाउँपालिकाले बालबाली...