सुचनाको पहुँचमा सबै नागरिकलाई पु¥याउने उद्देश्यले रेडियो लोकप्रिय नेत्रज्योती १०६.६ मेगाहर्ज बाह्रबिसेले बिहिबार एक कार्यक्रम बिच नगरकार्यपालिका र विभिन्न स्थानमा रेडियो बितरण गरेको छ ।
कार्यक्रममा नगर उपप्रमुख मन्जु तामाङले बाह्रबिसे नगरपालिकाका प्रमुख प्रशासकिय प्रमुख लयागत वडाअध्यक्षहरुलाई रेडियो लोकप्रिय नेत्रज्योति १०६.६ मेगाहर्ज लोगो अङ्कित रेडियो १ र १ थान बितरण गर्नु भएको हो । रेडियो लोकप्रिय नेत्रज्योति सञ्चार समुहका तथा लोकप्रिय समाचार राष्ट्रिय दैनिकका कार्यकारी प्रमुख नेत्र बहादुर बस्नेतले एक मुष्ट उपप्रमुखलाई हस्तानन्तरण गर्नु भएको थियो । रेडियो बितरण गर्दै उपप्रमुख तामाङले सुचना तथा सञ्चार नै बिकासको मुख्य अधार भएको र हरेक नागरिकको मनमनमा रहन पुलको भुमिका निर्बाह गर्ने यस्को अति महत्व रहेको बताउँनु भयो ।
रेडियो ग्रहण गर्दै प्रमुख प्रशासकिय प्रमुख सुषमा महता केसीले बाह्रबिसे नगरपालिकाभित्र रेडियो राखेर बाह्रबिसे नगरको पहिचान दिने कार्यमम सहयोग गरेकोमा रेडियो परिवारलाई धन्यबाद दिनुभयो ।
