सम्पर्क

ब्रेकिङ न्युज २

बिरामीको विवरण सार्वजनिक देखिने गरी टाँस्न मन्त्रालयको निर्देशन

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई कूल शय्याको १० प्रतिशत निःशुल्क उपचार गरिएका बिरामीको विवरण देखिने ठाउँमा टाँस्न निर्देशन दिएको छ । मन्त्रालयका सहसचिव डा मदनकुमार उपाध्यायले आज सरकारी, निजी तथा सामुदायिक अस्पताल र प्रतिष्ठान तथा मेडिकल कलेजलाई परिपत्र जारी गर्दै कूल शय्याको १० प्रतिशत निःशुल्क गरिएका बिरामीको अभिलेख विवरण सार्वजनिकरूपमा देखिने गरी जानकारी दिन, टाँस्न तथा विद्युतीय बोर्डमा डिस्प्ले गर्न निर्देशन दिनुभएको हो । मन्त्रालयले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ र स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ को दफा ७० ९घ० बमोजिम अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कूल शय्याको १० प्रतिशत छुट्ट्याई निःशुल्क उपचार अनिवार्य गराउन पटकपटक परिपत्र दिइसकेको जनाएको छ । यस्तै मन्त्रालयले निजी तथा सामुदायिक र निजी मेडिकल कलेजलाई आफ्नो ...

खीरको स्वाद हराउँदै

ब्रेकिङ न्युज २, समाचार
आज साउन १५ अर्थात् ‘राष्ट्रिय खीर दिवस’ । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक फस्फोरस, क्लोरिन, क्याल्सियम, पोटासियम, सोडियम, म्याग्नेसियमलगायत खनिज पदार्थले युक्त दूधबाट बनाइएको खीर खाएर यो दिवस मनाइँदै छ । गाउँघरमा गाई भैँसी पाल्ने चलन कम हुँदै गएपछि पोषिलो खीरको मौलिक स्वाद पनि हराउँदै गएको छ । विगतका समय प्रत्येक घरमा गाई भैँसी पालेर दूध, दही, मोही, नौनी खाने चलन अहिले हराउँदै गएकाले वर्षको एक दिनमात्र परम्परा धान्ने र अरुलाई देखाउनकै लागि भए पनि डेरीको दूधमा खीर बनाएर  खाने चलन विकसित हुँदै गएको गाउँका बूढापाकाको गुनासो छ । हिजोआज गाउँघरमा पनि रड, बालुवा, सिमेन्ट र इँटाका पक्की निर्माणको क्रम बढ्नाका साथै गाईभैँसी पाल्न बनाइने गोठ पनि हराउँदै गएको छ । भएका गोठमा पनि गाईभैँसी होइन मोटर, मोटरसाइकल र अन्य सवारी साधनको विश्रामस्थल बनेको छ ।  भान्छामा बजारबाट खरिद गरी ल्याइने डेरीको...

सुनकोशीले यातायातको भाडा समायोजन गर्न माग

जिबनशैली, ब्रेकिङ न्युज २, विचार, समाचार
  सिन्धु पाल्चोक जिल्ला सुनकोशी गाउँपालिका अन्र्तगतका कच्ची र पक्की सडकहरुमा केही यातायातका साधनहरुले कचची सडकका कारण भाडा बढी लिएको भन्ने गुनासो आए पछी सम्बन्धीत ब्यवसायीहरु सँग छलफल गरेको छ । छलफलका क्रममा लामो समयदेखि यातायातका साधानहरु सञ्चालन गरिरहेको पुर्व अरनिको यातायात प्रालि सँग छलफल पछी भाडामा एक रुपता ल्याउँने सहमती भएको छ । पछिल्लो केही दिन यता अरनिको यातायातका साधनहरुले बढी भाडा असुल गरेको जनगुनासो व्यापक आएपछि सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिना र पुर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्री बिच छलफल गरी नियम अनुसार भाडा लिने सहमती भएको छ । सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले भाडाको विषयमा जनगुनासो आएपछि पुर्व अरनिको यातायात प्रालिका अध्यक्ष सहितलाई गाउँपालिका कार्यालयमा नै बोलाएर भाडा लाई एकरुपता गर्न आग्रह गर्नुभएको थ...

बिजुली प्रवाह गर्ने सवस्टेशन नहुँदा नेपाल विद्युत् प्राधिकरणलाई समस्या

ब्रेकिङ न्युज २, समाचार
जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगिसकेको भए पनि बिजुली प्रवाह गर्ने सवस्टेशन नहुँदा नेपाल विद्युत् प्राधिकरणलाई समस्या परेको छ । समस्या समाधानका लागि पटकपटक प्रयास गरिए पनि निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न गर्न सकेको छैन । सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन दुई सय २० केभी क्षमताको सबस्टेसनमा एकातिर बिजुली खेर जाने चिन्ता र अर्कोतर्फ लगानी बढ्ने अवस्था सिर्जना भएको छ । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगे पनि विद्युत् जोडिने सबस्टेसन निर्माण सम्पन्न गर्न प्राधिकरणलाई दबाब परेको छ । मध्यकोशीको निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणका काम भइरहेको छ । मध्यभोटेकोशीबाट उत्पादित विद्युत् दुई सय २० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस...

क्रसर उद्योगले मापदण्ड उल्लङ्घनगरेको छ श्रेष्ठ

#, ब्रेकिङ न्युज २, समाचार
जिल्लाका अधिकांश क्रसर उद्योगले सार्वजनिक जग्गामा नदीजन्य पदार्थ राखेर मापदण्ड उल्लङ्घन गरेको भेटिएको जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठले बताउँनु भएको छ । उहाँले यसरी सार्वजनिक जग्गामा राखिएका नदीजन्य पदार्थ तत्काल हटाउन क्रसर उद्योगहरूलाई निर्देशन दिएको समेत बताउँनु भएको छ । जिल्ला समन्वय समितिले शुक्रबार गरेको अनुगमनका क्रममा सिन्धुपाल्चोकमा सञ्चालन भइरहेका क्रसर उद्योगले सार्वजनिक जग्गा अतिक्रमण गरी बालुवा, गिट्टीलगायतका नदीजन्य पदार्थ सङ्कलन गरेको पाइएको ले तत्काल हटाउँन निर्देशन दिनु भएको हो । सिन्धुपाल्चोक जिल्लामा ३९ वटा क्रसर उद्योग रहेकामा ३७ वटा मात्र सञ्चालनमा रहेको आफुले पाएको बताउँदै श्रेष्ठले यीमध्ये १७ क्रसर उद्योगले मात्र जिससमा क्रसर सञ्चालन गरिएको कागजात पेस गरेका क्रसर जिससको सम्पर्कमा नआएकोे बताउनुभयो। उँहाले केही क्रसर उद्योगले अहिलेसम्म स्थानीय सरकारलाई ...

वन पैदावार शुल्क हटाउन प्रदेश सरकारलाई ज्ञापनपत्र

ब्रेकिङ न्युज २, समाचार
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सिन्धुपाल्चोक शाखाले विहिवार वन पैदावार शुल्क हटाउन माग गर्दै सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा ज्ञापन पत्र बुझाएको छ । महासंघले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय हेटौँडा समक्ष डिभिजन वन कार्यालय सिन्धुपाल्चोक मार्फत ज्ञापन पत्र बुझाएको सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सिन्धुपाल्चोकका उपाध्यक्ष शारादा चालिसेले जानकारी दिनुभयो । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सिन्धुपाल्चोकका अध्यक्ष जनक राज गिरीका अनुसार प्रदेश आर्थिक ऐन दफा २० बमोजिम सामुदायिक वन उपभोत समुहमा लगाईने वन पैदावार शुल्क हटाउन वा छुट हुने गरी प्रदेश राजपत्रमा सूचना प्रकाशन गर्न मुख्यमन्त्री समक्ष ज्ञापनपत्रमा अनुरोध गरिएको छ । बागमती प्रदेश सरकारको आर्थिक ऐन २०८० को दफा २० मा गरिएको २० प्रतिशत कर व्यवस्था खारेज गर , प्रदेश वन ऐन २०७६ संसोधन गर , सामुदायिक वन अधिकारको ग्यारेन्टी ग...

विचार: साइबर सुरक्षाको चुनौती र प्रदेश सरकार

#, ब्रेकिङ न्युज २, राजनिती, विचार, समाचार, साहित्य
काठमाडौँ, १० साउन (रासस); विश्व समुदाय प्रविधिमैत्री मात्रै छैन, प्रविधि नियन्त्रित पनि बन्दै गएको छ । यस्तो अवस्थामा साइबर सुरक्षाको महत्व झनै बढेर गएको छ । साइबर सुरक्षा यति पेचिलो विषय बन्दैछ कि आगामी दिनमा भौतिक आक्रमणका घटनाभन्दा बढी साइबर अपराधका घटना बढी हुनेछ । अबको दुनियाँमा आमनागरिक, प्रशासनिक संरचना र राजनीतिक नेतृत्वलाई डिजिटल साक्षर नबनाई सूचना प्रविधिको विकास र विस्तार हुनै सक्दैन । डिजिटल साक्षरताको क्षेत्र आफैँमा व्यापक छ । युरोपेली सङ्घले कुनै पनि व्यक्ति डिजिटल साक्षर हुन उसमा २१ वटा फरक फरक क्षमता हुनु पर्छ भनेको छ । यस्ता २१ वटा क्षमतालाई ५ वटा समूहमा छुट्टयाइएको छ । यीमध्येको एउटा समूह हो, डिजिटल सुरक्षा । डिजिटल सुरक्षालाई साइबर सुरक्षा भनेर पनि बुझिन्छ । इन्टरनेट वा डिजिटल प्रविधिको प्रयोगमा धेरै सुरक्षा चुनौती छन् । राजनीतिक, सामाजिक र आर्थिक संरचनाका सबै तहमा साइबर...

माननीय समिर तामाङ द्धारा सुजाताको भर्ना

जिबनशैली, ब्रेकिङ न्युज २, राजनिती, समाचार, स्वास्थ्य
सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट निर्वाचित बागमती प्रदेस सभा सदस्य माननीय कृष्ण कुमार तामाङ (समीर) ले मेलम्ची –११ निवासी सुजता दुलाललाई शान इन्टरनेश्नल कलेज हाडिगाउ,चाबहिलमा भर्ना गरि +२ अध्ययनको ब्यबस्थापन गरिदिनुभएको छ ।,नेपाली काङ्ग्रेस बागमती प्रदेश सभा संसदिय दलका सचिव समेत रहनु भएका तमाङले आर्थिक अवस्थाका कारण आत्महत्या गर्नुभएका स्व .गुरु प्रसाद दुलालकी कान्छि छोरी सुजता दुलाललाई एसईई परीक्षा उतिर्ण भएपछि कक्षा १२ अध्ययनको लागि सम्पूर्ण ब्यबस्थापन आफुले गर्ने भन्दै भर्ना गरिदिनु भएको हो । नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका नेता मधुसूदन सिग्देल, नेपाली काङ्ग्रेस मेलम्ची –११ का सभापति कुमार दुलाल, त्यसैगरि शान कलेजका प्रशासन प्रमुख र कलेज परिवारको उपस्तिथिमा कलेज प्राङ्गणमै पुगि सांसद तामाङले सुजता दुलालको लागि २ बर्ष सम्म अध्ययन गर्न लाग्ने कलेजको सम्पुर्ण...

वीर अस्पतालमा सुविधासहितको विशिष्ट कक्ष

ब्रेकिङ न्युज २, समाचार, स्वास्थ्य
वीर अस्पतालले थप शैय्या र सुविधासहित विशिष्ट कक्ष सञ्चालन गरेको छ । नयाँ सर्जिकल भवनमा तीन शैय्या थप गरेर सुविधा सम्पन्न कक्ष सञ्चालनमा ल्याइएको हो । अस्पतलाका निर्देशक डा सन्तोष पौडेलका अनुसार उपचार कक्षमा आवश्यक उपकरणसहित अतिथि सत्कार कक्ष, आगन्तुक प्रतीक्षालयसहितको सुविधा छ । वीर अस्पतालको पुरानो भवनमा पहिलादेखि नै विशिष्ट व्यक्ति र अति विशिष्ट व्यक्तिका लागि दुई शैय्या छुट्याइएको थियो । वीर अस्पतालमा सञ्चालनमा आएको विशिष्ट र अतिविशिष्ट कक्षको मङ्गलबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अवलोकन गर्नुभयो । सो अवसरमा मन्त्री बस्नेतले सबै प्रकारका स्वास्थ्य उपचार देशभित्रै गर्नका लागि वीर अस्पतालमा शैय्या थप गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “वीरमै सुविधा सम्पन्न कक्षको व्यवस्था र उपचारका लागि सरकारी र निजी क्षेत्रका गरी १५ सदस्यीय विशेषज्ञ चिकित्सकको टोली बनाएका छौँ । त्य...

कुविण्डेलाई जिवन्त गाउँ बनाउन परियोजना

ब्रेकिङ न्युज २, समाचार
चीन सरकारले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेलाई ‘जिवन्त गाउँ ’ बनाउन नमुना परियोजनाको सुरुवात गरेको छ । सोमबार एक समारोहबीच निर्वतमान सभामुख अग्नीप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ दुतावासका आर्थिक तथा वाणिज्य काउन्सुलर सियूले परियोजनाको संयुक्तरुपमा उद्घाटन गर्नुभयो । छिमेकी मित्र राष्ट्र चीनको सहयोगमा चीन– दक्षिण एसियाली मुलुकहरु गरिबी निवारण तथा विकास सहयोग केन्द्रले अघि सारेको जिवन्त गाउँ परियोजना सिन्धुपाल्चोकको कुविण्डे पहिलो गाउँ हो । परियोजनालाई दक्षिण एशियाली मूलुकहरुमा सुरु गर्ने लक्ष्य अुनुरुप पहिलोपटक सिन्धुपाल्चोककोको कुविण्डेबाट सुरु भएको काउन्सुलर सियूले बताउनुभयो । उहाँले कुविण्डेलाई कृषि र पशुपालनसँगै जोड्दै जिवन्त गाउँ बनाउन चीन सरकार पछी नहट्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो । र्निर्वतमान सभामुख सापकोटाले जीवन्त गाउँ परियोजनामार्फत कुविण्ड...