सम्पर्क

प्रविधिमैत्री बन्यो हेलम्बु गाउँपालिका

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका प्रविधिमैत्री भएको छ । हेलम्बुले व्यक्तिगत घटना दर्तासहितका सरकारी सेवा अनलाइनबाटै दिन सुरु गरेको हो । हेलम्बुका नागरिकले जन्म, मृत्यु, बसाइँसराइ, विवाह र सम्बन्ध विच्छेद जस्ता घटना दर्ता घरबाटै गर्न सक्ने गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन ह्योल्मोले बताउनुभयो ।
हेलम्बुले अनलाइन मार्फत व्यक्तिगत घटना गर्दा गर्ने सफ्टवेयरको विकास गरेको छ । घरबाटै घटना गर्दा गरेपछि टोकन नम्बर प्राप्त हुने, उल्लेखित विवरणका आधारमा सम्बन्धित वडामा घटना दर्ता हुने र त्यसपछि सेवाग्राहीले प्रमाणपत्र प्राप्त गर्न सक्ने बनाइएको छ । घटना घटेको ३५ दिनभित्र घटना दर्ता गरे जरिवाना नलाग्ने व्यवस्था छ । पालिकाले सामाजिक सञ्जालबाट जनहितमा जारी सन्देशहरु समेत निरन्तर जारी गरिरहेको अध्यक्ष ह्योल्मोले बताउनुभयो ।