सम्पर्क

गौहत्याको विरोधमा सरकारलाई राप्रपासिन्धुको ज्ञापनपत्र

काठमाडौँ, १२ भदौ ः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सिन्धु पाल्चोकले गौहत्याको बिरोधमा जिल्ला प्रशासन कार्यलय मार्फत सरकारलाइ उक्त कार्यको बिरोध ज्ञापन पत्र बुझाएको छ । राप्रपा ले गौहत्याको विरोधमा मङ्गलबार देशका ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । सिन्धु पाल्चोक जिल्लामा पाटी अध्यक्ष निलध्वज थापाको नेतृत्वमा जिल्ला प्रशासन कार्यलय चौतारा मार्फत ज्ञापन पत्र बुझाएको चौतारासाँगाचामेकगढी नगरपालिकाका पाटी अध्यक्ष शेर बहादुर ठकुरीले जानकारी दिनु भयो । पछिल्लो समय राष्ट्रिय जनावर गाईको हत्या गर्ने कार्य भएको भन्ने समाचार आइरहेकाले गौहत्याको विरोधमा सरकारलाई ज्ञापनपत्र बुझाइएको राप्रपाका अध्यक्ष निलध्वज थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “गाईको हत्याजस्तो जघन्य अपराध भइरहेका समाचार आइरहेकाले यस्तो कार्य रोक्न माग गर्दै ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँने कार्यक्रम तय भएको कारण सिन्धुपाल्चोकमा पनी बुझाइएको र पत्रमा गौवंश हत्याको विरोध गरी सामाजिक सद्भाव कायम राख्न यस ज्ञापनपत्रमार्फत प्रधानमन्त्रीलाई आग्रह गरिएको बताउँनु भएको छ ।”सो ज्ञापनपत्रमा गौहत्याको विरोध, दोषीलाई कारबाही एवं विद्यमान कानुनको पालनाको माग गर्नुका साथै देशमा धार्मिक सांस्कृतिक सद्भाव कायम गर्न माग गरिएकासमेत अध्यक्षले जानकारी दिनुभयो ।