रिलायवल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेडको छैठौं वार्षिकोत्सवको अवसरमा दृष्टिविहिन विद्यार्थीहरुलाई खाद्य सामग्री वितरण गरेको छ ।
शुक्रबार सिन्धुपाल्चोक जिल्लाको चौतारा सदरमुकाममा रहेको वनदेवी माध्यमिक विद्यालयमा अध्यनरत १० जना दृष्टिविहिन बालबालिकाहरुलाई खाद्यान्न सामग्री वितरण गरेको हो ।
वाार्षिकोत्सवको अवसरमा गरिने फजुल खर्च कटौती गरी त्यो रकम दृष्टिविहिन बालबालिकाको लागि सहयोग गरिएको रिलायवल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेड चौतारा शाखा प्रमुख लक्षण विष्टले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अर्जुन बहादुर विकको सभापतित्वमा भएको कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिका —५ कोे वडा सदस्य राम बहादुर घले, विद्यालय प्रधानाध्यापक दिपक राई, नेपाल बैंक लिमिटेड चौतारा शाखा प्रबन्धक बिनिता नेपाल, विभिन्न बैकका शाखा प्रबन्धकलगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिका —५ कोे वडा सदस्य राम बहादुर घलेले सेवा नै धर्म हो बताउदै रिलायवल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेडलाई धन्यवाद दिदै शुभकामना मन्तव्य राख्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अर्जुन बहादुर विकले आगमि दिनहरुमा पनि सहयोगको अपेक्षा राख्दै रिलायवल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेडलाई धन्यवाद व्यक्त गर्नुभयो ।
ईन्स्योरेन्सले २० हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री वितरण गरेको थियो ।
