सम्पर्क

बिश्व हिन्दु महासंघ सिन्धुपाल्चोकद्धारा बुझायो ज्ञापनपत्र

बिश्व हिन्दु महासंघ सिन्धुपाल्चोक जिल्ला कार्य समितिद्धारा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा ज्ञापनपत्र बुझाएका छ ।
सोमबार हिन्दु महासंघ सिन्धुपाल्चोकले गौहत्या र धर्म परिवर्तन जस्ता अवाञ्छित क्रियाकलाप तत्काल रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा भनिएको छ परापूर्वकालदेखि संसारको एक मात्र हिन्दु राष्ट्रको विशिष्ट पहिचान बनाएको नेपाललाई विनाकारण २०६३ को अन्तरिम संविधानमा हिन्दु राष्ट्रको परिचय मेटेर धर्म निरपेक्ष लेखियो । संसारमा अहिलेपनि इसाई, इस्लाम, बौद्ध, यहुदी, सहितका थुप्रै राष्ट्रहरु आफ्नो धार्मिक परिचयले चिनिदै आएका छन् । पृथ्वीनारायण शाहले नेपाल नै असली हिन्दुस्थाना हो भनेकोकुरा सत्य हो । विश्वको शिरोभाग सगरमाथाको देश वेदादि शास्त्रको उद्गम स्थल ज्ञान भूमी तपो भूमी नै वास्तवीक हिन्दुस्थान हो ।
विश्वव्यापी कोरोना संक्रमण महामारी (कोभिड़ – ०१९) को प्रकोप पछि संसार भरका सचेत जनसमूदाय पूर्वीय दर्शन हिन्दु जीवनशैली प्रति आकर्षित हुँदै आएका छन् । अमेरिका, बेलायत, अष्ट्रेलिया लगायतका देशमा रहेका ठूला चर्चहरु निरन्तर घट्दै गइरहेका छन् । ती चर्चहरु लिलामीमा चढ्दा नेपाली सहितका हिन्दुहरुले किनेर त्यस ठाउमा शिव, गणेश देविदेवताहरुका मन्दिर बनाएर पूजा प्रार्थना चलाइरहेका छन् । कोरोना कालमा पनि अन्य धर्मका धेरै मानिस हिन्दु धर्मका वैज्ञानिक र व्यवहारीक नियमका कारण हिन्दु धर्ममा प्रवेश गरेका हुन् । यही २०२३ को अगष्ट १९ तारिखका दिन अमेरिकामा एकैदिन सात ( ७ ) लाख मानिस हिन्दु धर्ममा प्रवेश गरेको खवर हेर्न सुन्न पाइयो । यो क्रम बढ्दै जाँदा चालु एक्काइसौं शताब्दिको अन्त्य सम्ममा संसार हिन्दुमय बन्न सक्ने प्रवल सम्भावना छ । हिन्दु धर्मले मात्र विश्वमा शान्ति र सद्भाव कायम रहन सक्ने विज्ञहरुको राय छ । सनातन हिन्दु धर्म सँग हाम्रो राष्ट्रियता जोडिएको छ । वेदमा ह भनेको सूर्य र इन्दू चन्द्रमा हो । ह+ इन्दू = हिन्दु हो चन्द्र सूर्य अङ्कित नेपालको राष्ट्रिय झण्डा हिन्दुहरुको प्रतिक, निशानी हो । त्यसैले २०७२ को संविधान बनाउनेवेला झण्डा फेर्न र राष्ट्रिय जनावर गाई हटाउनु पर्छ भनियो । पछि बुझदा इसाईहरुको इसारामा त्यस्तो भएको पाइयो । यसरी हिन्दुहरुको मौलिक पहिचान मेटाउने कुचेष्टा चलिरहेको छ । सनातन हिन्दू धर्म कमजोर भयो भने हाम्रो राष्ट्रियता कमजोर हुन्छ । तसर्थ हामी हाम्रो धर्म रक्षा र राष्ट्र रक्षाका लागि राष्ट्र बोध अभियानमा जुटेका छौं । पश्चिमा इसाइ देशहरुमा हिन्दु धर्म प्रति आकर्षण बढ्दै गएको बेलामा यता नेपाल सहितका दक्षिणपूर्व एशियाका विकासोन्मुख मूलुकहरुमा हिन्दु धर्म कमजोर पार्दै इसाई करणको दुष्चक्र चल्दै छ । धर्म परिवर्तनका माध्यमले समाजमा द्वन्द र युद्धको । नेपालमा त्यस्तो खतरा अझ बढिरहेको अवस्था स्थिति सिर्जना हुन सक्ने खतरा बढ्दै छ छ। पछिल्लो समय धरानमा बालगोपाल मन्दिर नजिकै छलकपट गरी स्थानीयलाई प्रलोभनमा पारी चर्च बनाएर सनातनीहरुलाई मर्माहत बनाएको विषय सेलाउन नपाउँदै दिनदहाडै गाई गोरुको हत्या गरी खुलेआम मांस भागभण्डा गरी खाए खुवाएको घटनाले सरोकारवाला सबैलाई स्तब्ध पारेको छ। यो पूर्णतः संविधान विरोधी, संस्कृति विरोधी र धार्मिक सद्भाव विरोधी कर्म हो । यस कुकृत्यको हामी घोर भर्त्सना गर्दछौं । हालै तथ्याङ्क कार्यालयले प्रकाशित गरेको २०७८ को जनगणनाको धार्मिक महलको नतिजा अनुसार पनि हिन्दु ॐकार परिवार सनातनीहरुको संख्या ९३.१७ प्रतिशत रहेको देखिन्छ । देशको संविधान र कानुनले पनि खुलेआम धर्म परिवर्तन गराउन र राष्ट्रिय जनावर गौमाताको हत्या गर्नु दण्डनीय अपराध मानेको छ। त्यति हुँदा हुँदै पनि धर्म परिवर्तन गराउने र गौहत्यामा सम्लग्न रहेका संस्था वा व्यक्तिहरु माथि कुनै कारवाही भएको पाइदैन । सरकार स्वयं सविधान र कानुन कार्यान्वयनमा उदासिन र मुकदर्शक रहेको दुःखद् अवस्था छ । मुलुकमा सनातनीहरुको संख्या अत्यधिक रहेपनि सरल, शान्त, अनुशासित र सहनशील भएको फाइदा लिएर हेप्ने गर्दै जाने हो भने निकट भविष्यमा देशमा ठूलो धार्मिक द्वन्द हुने खतरा निम्तिने निश्चित छ । त्यस्तो अवस्था आउन नदिने हो भने सरकारले तुरुन्त यस्ता घटना रोक्नु पर्छ । दोषीलाई कडा कारवाही हुनुपर्छ भन्ने हाम्रो जोडदार माग छ । अन्यथा मुलुक अन्त्यहीन द्धन्दको अवस्थामा जान सक्ने निश्चित छ । तसर्थ श्रीमान प्रमुख जिल्ला अधिकारीबाट यस विषयमा तत्काल दोषीलाई कारवाही गरी अवान्छित क्रियाकलाप रोक्न अनुरोध छ ।
भनिएको छ ।
बिश्व हिन्दु महासंघ केन्द्रिय सदस्य पुण प्रसाद सापकोटा, बागमति प्रदेश सदस्य दिपक पौडेल, सिन्धुपाल्चोक कोषाध्यक्ष होम नाथ चौलागाई सदस्य कृष्ण प्रसाद पौडेल, गणेश प्रसाद सापकोटा सुर्दशन सापकोटा लगायत ३० जनाको टोलीले उक्त ज्ञापनपत्र बुझाएको बिश्व हिन्दु महासंघका अध्यक्ष रामचन्द्र डा. रामचन्द्र अधिकारीले जानकारी दिनुभयो ।