सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले दुई विचौलियालाई नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीको उजुरीको आधारमा कारोवार गर्दैगर्दा चौतारा साँगाचोकगढी नगरपालिका— ५ का श्याम तामाङ र ईन्द्रावती गाउँपालिका — १ का मिङमार शेर्पालाई पक्राउगरी अनुसन्धानमा राखिएकको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठले जानकारी दिनुभयो ।
राहदानीको फारम तत्काल भर्ने, फोटो खिचाउने र छिटो राहदानी उपलब्ध गराउने आश्वासन दिदै दैनिक विचौलियाले सेवाग्रहीलाई दुःख दिएको भन्ने गुनासो बढेकोले विचौलियाको निगरानी जिल्ला प्रशासन कार्यालयले बढाएको श्रेष्ठले बताउनुभयो ।
