लैङ्गिक हिंसा न्युनिकरणको लागि अभिमुखिकरण
चौतारा साँगाचोकगढी नगरपालिकाले कानुनी साक्षरता तथा लैङ्गिक हिंसा न्युनिकरणको लागि पुरुष सहभागिता विषयक अभिमुखिकरण कार्यक्रम वडा स्तरमा सञ्चालन गरिरहेको छ । मंगलबार चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सीता थापाको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रम वडा अध्यक्ष युवलाल श्रेष्ठको अध्यक्षतामा नगरपालिकाको वडा नं. १ मा भेडाबारीमा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा नगर उपप्रमुख थापाले अहिलेको व्यबस्थालाई स्थापित गर्नको लागि न्यायिक समितिको सन्दर्भमा सवै जानकारी दिन आएको धारणा ब्यक्त गर्नुभयो । उहाँले न्यायिक कार्यलाई जनस्तरमा पुर्याउदै विश्वास आर्जन गर्न चुनौती र अवसर दुवै रहेको समेत बताउनुभयो । स्थानिय स्तरमा न्यायिक समितिको ब्यवस्थाले समाजमा भएका साना मसिना तर दीर्घकालीन असर गर्न सक्ने खालका विवादलाई न्यायिक समिती सम्म पुग्न र त्यो बातावरण बनाउन मेलमिलापकर्ता...
